
Ksb
Ssb
Usb
Tgp
Rsb
Ppu
Nsb
Rks
Ssb
Bsn
Ksb
Csb
Ksb
Gsb

Gsb
Usb
Tsb
Ssb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । आईसीसी महिला टी ट्वान्टी विश्वकप क्रिकेट अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा उसले भारतलाई ८५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले १० विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । भारतले पहिलो चोटि फाइनल खेलेको हो भने अस्ट्रेलियाले उपाधि कब्जा गरेको पाँचपटक पुगेको छ ।
