
Ksbus
Lnp
Ksbus
Asbus
Ggp
Msbus
Sdc
Rgp
Ggp

दाङ । गढवा गाउँपालिका वडा नम्बर ६,मनिकापुरमा हरितालिका तीजको अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बुधबार आज गरिएको हो ।
प्राकृतिक फुटबल क्लब गढवा-६,मनिकापुरका अध्यक्ष दिप केसीको सभापतित्व तथा गढवा गाउँपालिका वडा नम्बर ६,का कार्यवाहक वडाध्यक्ष गोविन्द रोका मगरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि रोका मगरले खेलकुदले युवालाई स्वस्थ,अनुशासित र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
त्यस्तै,उनले स्थानीयस्तरमा हुने यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड समेत दिएका थिए । उनले खेलकुदको विकासका लागि स्थानीय समुदाय,क्लब तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
क्लबका सदस्य पवन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार खड्ग वलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनले फुटबल केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य,अनुशासन,टिम वर्क आत्मविश्वास रहेको जोड दिएका थिए ।
कार्यक्रममा सामाजिक व्यक्तित्व नारायण केसी,इलाका प्रहरी कार्यालय गढवाका प्रमुख साहिल बुढाथोकी,समाजसेवी प्रमोद भट्टराई तथा जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतियोगिताले स्थानीय युवाहरुबीच भाइचारा,सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै फुटबल खेलप्रति आकर्षण बढाउने आयोजकको विश्वास समेत रहेको छ ।
हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा आयोजक सहित १४ टोलीको सहभागिता रहेको छ । आयोजकले प्रतियोगितालाई सभ्य,व्यवस्थित र खेलभावनाका साथ सम्पन्न गर्न सबै खेलाडी तथा दर्शकलाई आग्रह गरेको छ ।

