
Asbus
Lnp
Msbus
Ggp
Ksbus
Rgp
Ggp
Sdc
Ksbus

काठमाडौँ ।नेपालले एसीसी मेन्स प्रिमियर कपमा बहराइन विरुद्ध टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो पहिलो प्रतिस्पर्धा हो। यो खेलमा च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ ।
त्यस्तै,यसअघि सन् २०२३ मा नेपालमै भएको प्रिमियर कपको फाइनलमा यूएईलाई हराएर नेपालले उपाधि जित्दै पहिलो पटक एसिया कप खेलेको थियो । यसपटक पनि नेपाली टोली प्रिमियर कपको उपाधि जितेर दोस्रोपटक एसिया कपमा पुग्ने लक्ष्यमा रहेको छ। मलेसियामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा मैदानमा प्रतिस्पर्धा गर्ने छ। यसअघि रोहित पौडेल एकदिवसीय टोलीको कप्तानी समाल्दै आएका थिए ।
यस्तै,नेपालले प्रतियोगिताअघि करिब डेढ साता भारतमा अभ्यास गरेको थियो। नेपालले प्रतियोगितामा समूह ‘ए’ मा रहेर बहराइन, साउदी अरेबिया,मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
