Sidha Patra मंगलबार, भाद्र ३०, २०८३

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ ।

भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो । भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर –महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ । यसअनुसार नेपालले भारतबाट कुल ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउनेछ ।

त्यस्तै,भारतले दैनिक राति १२ बजेदेखि बेलुकाको ६ बजेसम्म १८ घण्टाका लागि विद्युत् निर्यातको स्वीकृति दिएको हो । सन् २०२७ को जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ । हालै नेपालमा आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् उत्पादनमा कमी आएको छ । त्यसले नेपालमा आन्तरिक विद्युत् माग व्यवस्थापनका लागि थप विद्युत् आवश्यक पर्ने अवस्था सिर्जना भएको छ ।

भारतको विद्युत मन्त्रालयले बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी विद्युत उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिइएको जनाएको छ । भारतले दिएको यो स्वीकृतिले बाढी प्रभावित अवधिमा नेपालको विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुई देशबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने भारतको भनाइ रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]