
Gmk
Pbu
Sds
Gisld
Rbs
mbd
Mbdvs
Ksm
Anm

nsb
Vor
Bbu
Ggd
Rgu
Ksm
Wsp
Ssm
Sls
Sbs
Rsb
Tsm
Asm
Rgs
Gst
Pvg
Hal
Bbbpu
Rgu

Ptm
Syp
sab
Jmb
Rmb
Jmb
Mks
Abd
Gsb
Bml
bbt
Rpp
Pls
कपिलवस्तु। प्रवेशद्धारमा फलामको गेट भाचिएको छ । भित्र आंशिक मात्रामा फूलका विरुवाहरु छन् । उद्यानलाई चार खण्ड बनाइएको छ । पहिलो खण्डमा सूर्यमुखीको खेती गरीएको छ । दायाँ पट्टी रहेको खण्डमा खुसार्नी फलेका छन् । अन्य खण्डमा बोडि,भेन्टा फलेका छन् । उद्यान दिन भर सुनसान हुन्छ । उद्यानको विच भागमा बस्नको लागि पक्कि बेच्न बनाएको भएपनि अहिले झाडिले घेरेको छ । बेन्च बस्न लाएक छैनन् । उद्यान भित्र ठुला ठुला ९ वटा रुख पनि छन् । उद्यानको अन्तीम तर्फ एउटा पोखरी छ, त्यसलाई झाडिले घेरेको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका वडा न ५ चन्द्रौटामा करिब डेढ हेक्टर वनमा २ वर्ष अघि उक्त उद्यान बनाइएको हो । वन मन्त्रालयले ‘एक नगर एक उद्यान’को अवधारण ल्याएअनुसार निर्माण गरिएको उद्यान अहिले अलपत्र परेको छ । राजमार्ग देखि उद्यान पुग्नको लागि नगरपालिकाले गत वर्ष ५ लाख बजेट विनियोजन गरेर वाटो ग्रेभल गरेको हो । अहिले उद्यान व्यावस्थित नहुँदा उजाड बन्दै गएको छ ।
गत वर्ष डिभिजन बनले उद्यान क्षेत्रमा वृश्रारोपण गरेको थियो । प्रदेश वन मन्त्री लिला गिरी देखी सांसदको टोलीले गरेको वृश्रारोपण क्षेत्रमा अहिले सुर्यमुखी फुलेको छ । वन कार्यायलले स्थानिय तहको जिम्मा दिएको भएपनि पछिल्लो समयमा अतिक्रमण गरेर तरकारी उत्पादन गरेको पाईन्छ । पर्यटकिय स्थलको रुपमा निर्माण गर्न जिम्मा दिएको भएपनि त्यसो नहुँदा उक्त क्षेत्र उजाड बनेको स्थानियहरुको भनाई छ । वन कार्यालयले नगरपालिकालाई जिम्मा दिएका कारण यसको संरक्षण नगरपालिकाले गर्नुपर्ने स्थानिय सरोज पौडेलको भनाई छ । ‘राजमार्ग सँग सटेको छ,युवायुवतीहरु घुम्ने,दिनभर व्यापार गरेका व्यापारीहरु साझ विहाँन घुम्न जाने स्थान बनाउन सकेमा पर्यटनको विकास हुन्छ, पौडेलले भन्नुभयो ‘नगउद्यान नगरको सान बन्न सक्छ, ।’
डिभिजन बन कार्यालयले तत्कालिन समयमा १० लाख खर्च गरेर नगरउद्यान निर्माण गरेको डिभिजन वन कार्यालय गौतम बुद्धका प्रमुख दुर्गा कार्कीले बताउनुभयो । ‘अहिले पनि पर्यटन विकासको लागि बजेट आउने गरेको छ,नगरपालिकाले सहयोग मागे हामि सहयोग गर्न तयार छौ’ कार्कीले भन्नुभयो ‘उद्यान अलपत्र परेको छ,संरक्षण गर्न जरुरी छ, ।’
नगरपालिकाले प्रत्येक वर्ष उद्यान संरक्षणको लागि बजेट विनियोजन गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । ‘उद्यान सम्म पुग्न सडक थिएन गर्त वर्ष सडक बनायौ, यस वर्ष अन्य केहि काम गर्ने योजना छ, अधिकारीले भन्नुभयो ‘उद्यान संरक्षणमा स्थानियहरुको पनि भुमीका उत्तीकै रहन्छ,।’ केहि महिना यता उद्यानमा आफु नगएकोले तरकारी उत्पादन भएको विषयमा आफु जानकारी नभएको अधिकारीले बताउनुभयो ।
शिवराज नगरपालिकाले नगर उद्यान संरक्षण गर्न एक जना हेरालु राखेको छ । हेरालुले उद्यानमा तरकारी खेती गरेका छन् । पर्यटन विकासको लागि नगरको योजना सफल हुन सकेको छैन् । जिल्लाकै मुख्य बजार चन्द्रौटा देखी १ किलोमिटर पुर्व,वन कार्यालय कपिलवस्तुले २०७२ सालमा शिवराज नगरपालिकालाई हस्तान्तरण गरेको नगर उद्यान अहिले तरकारी उत्पादन क्षेत्र बनेको हो ।
