
Nssbus7
Jsbus
Csbus
Pbu
Gsbus
Bksbus5
syysr
Gsl
Ddhbs
gms
Ssbus
Amb
Rbs
dsbus
Ratbs
Syees

Bbbpu
Rgu
Ggd
Rsb
nsb
Ksm
Hal
Tsm
Sls
Pvg
Wsp
Rgs
Rgu
Bbu
Asm
Sbs
Gst
Vor
Ssm

Jmb
Rpp
Syp
Jmb
Gsb
Ptm
Rmb
Bml
Abd
Pls
Mks
bbt
sab
२०६० साल तिर बुटवलमा बसाइ थियो । संगै पढने धेरै साथिहरु देश पढ्ने भन्दै रोल्पातिर लागे । देशको पढ्ने भनेपनी खासमा माओवादी आन्दोलनमा पुर्णकालिन कार्यकर्ता हुन ती दौंतरीहरु हिडेका थिए । त्यतिबेला मेरो पढाइ पनि सुलुलु हिडन सकेको थिएन । हुन त अझै पनि त कहाँ लगातार हिडेको छ र । दिउँसोमा प्रेस मजदुरको रुपमा काम गर्दा मासिक हजार पन्ध्र सय हात लाग्थ्यो । जाडो गर्मी केही भन्न पाईदैन्थ्यो। बिहान ४ बजेदेखि पत्रीका बितरकको काम पनि गर्दथे । दुइतिर काम गर्दा जसोतसो खर्च चलेको थियो । संगठन ( अखिल क्रान्तिकारी) का नेताहरुले लाए अराएको काम गर्न पनि पछि परिएन । उनिहरुले होलटाईमर कार्यकर्ता बन्न दबाब दिएपनि म पुर्णकालिन कार्यकर्ता भैन कारण अनेक छन । अझैपनी बुटवलमा कोठा भाडामा दिदा जात थर मजाले सोधिन्छ । नत्र डेरा पाउनै समस्या। आजभन्दा १६ बर्ष अघि त झन नसोध्ने कुरै भएन । पुर्ख्यौली स्याङ्जा घर भएका भल बहादुर सुनारको घरमा हामि दुईभाइ बस्थ्यौं । २०६० माघतिरको कुरा हो भल अन्कलले हामी दुई भाइ समक्ष वैदेशिक रोजगारीको प्रस्ताव ल्याउनु भो ।उहाँको भनाइ अनुसार दुबईको सुपरमार्केटमा काम,आकर्षक तलब भन्ने थियो । एसएलसि पास युबाहरु खोजेको छु । राम्रो काम भएकोले सकेसम्म हाम्रै बर्ग जातिका मान्छे लैजान पाए उत्तम हुने कुरा गर्नु भो । शैक्षिक प्रमाणपत्रहरु दूतावासबाट प्रमाणित गराउनुपर्ने र बिदेश जाने भए तुरुन्त पासपोर्ट बनाएर आउन भन्नुभएको थियो । उहाँको कुरा सुनेपछी हामी दुई भाइबिच सल्लाह भो । राम्रोसँग पढन सकिएको छैन, सोचे झै दामपैसो कमाइएको छैन, पुर्णकालिन कार्यकर्ता हुने मनै छैन । बिकल्प के त आखिर उहीँ बिदेश। त्यसैले होला अंकलको प्रस्तावमा लोभियौं। अनि हिडियो पासपोर्ट बनाउन तम्घास । सहज थिएन पासपोर्ट बनाउन । त्यतिबेला पासपोर्ट बनाउन आउनेलाइ सिडिओले छेउमा प्रहरी अधिकारी राखेर विभिन्न प्रश्न सोध्थे । पासपोर्ट बनाउन आउनेको दिनहुँ लर्को लाग्थ्यो । मेरो पालो आयो, सिडिओको सामुन्ने हाजिर भए अनि सवालजवाफ सुरु भो । आजभोली प्राय सरकारी कर्मचारीले सेवाग्राहीलाई हजुर तपाई भन्छन । २०६३ अघि कर्मचारीबाट तपाईं सुन्न सुटेट्बुटेट हुन पर्थ्यो । तेरो नाम केहो? उताको प्रश्न मैले नाम भने । बुटवल के गर्छस? पढछु हजुर । तम्घासकै रैछस क्याम्पसमा माओवादी आतंककारीहरु शीत सङ्गत गरेको त छैनस नि ? छैन हजुर त्यस्तासित न भेट छ न सङ्गत छ । प्रश्न उत्तर सकियो । खासमा म २०५८ साउनदेखी नै माओवादीका होलटाईमर कार्यकर्ताहरु संग हेलमेलमा थिए। सम्पर्कमा थिएं। सिडिओलाई मजाले झुक्काइयो भनेर म मख्खै परे । पाँच वटा धुर्बेहात्तीको रसिद काटि बनाएको पासपोर्ट हात लाग्नसाथ बटौली झरियो । भल बहादुर अन्कललाइ पासपोर्ट संगै एस एल सि का सक्कली सर्टि्फिकेट पनि बुझाइयो । दुई महीनाभित्र दुबई पुग्ने सपना देख्न थालियो । दुबई जाने ४/५ बर्ष काम गरि पैसा कमाउने अनि नेपाल आएर आफ्नै अफसेट प्रेस ब्यबसाय सुरु गरेर ब्यापारी हुने । सपना मनभरी साचियो । २०६० माघमा पासपोर्ट बुझाइयो । बढिमा दुई महिना भनेको २०६१ असोज सम्म पनि भिसा आएन । भल अन्कललाइ सोध्दा काम हुदैछ भन्ने बाहेक अरु जवाफ आएन ।क्रान्तिकारिका साथीहरूले पनि पुर्णकालिन कार्यकर्ता बन्न अलि दबाब दिन थालिसकेका थिए । बटौली बसाइ अलि असहज हुँदै आयो अनि दशैको छेको पारेर झोलिगुन्टा बोकि तम्घास फर्किए । हामी गुल्मी फर्किएपछी अचानक पासपोर्ट बुझ्ने अन्कल पनि सम्पर्क बिहिन भए । मेरो जहाज चढी बिदेश जाने सपना त्यही तुहियो । लामै समयपछि बल्लतल्ल पासपोर्ट फिर्ता त लिए । तर सक्कली शैक्षिक प्रमाणपत्रहरु फिर्ता आउन सकेनन,खोइ कहाँ हराए । एसएलसीका सक्कलि प्रमाणकहा। को प्रतिलिपीहरु अति जरुरी भएर २०६९ मा निकाल्न पर्यो ।बिदेश जानी दामपैसो कमाउने व्यापार गर्ने सपनाले गोलखाडी खायो । यो दुखियाको सपना बिपना हुन सकेन ।तम्घासमै प्रेसमा मजदुरी सुरु गरियो । एसएलसी पास गरेको ५ बर्षपछि फेरि ११ कक्षामा भर्ना भैयो ।बुटवल छाडेपछि माओबादी आन्दोलनका साथीहरूको संगत छुटेको थियो फेरि गुल्मिमा जोडियो । गुजारा चलाउन प्रेसको काम, पढाइलाइ निरंतरता अनि हल्काफुल्का राजनीति गर्दै अघि बढिरहियो । २०६४ को चुनाबपछि आफुले बिश्वास गरेको आफुले समय लगानी गरेको पार्टी माओवादी ठुलो दल हुँदै सत्तापक्ष बन्न पुग्यो । तर भुमिगतकालमा आफुले बुझेजस्तो पढेजस्तो माओवादी पार्टी रहन सकेन भन्ने ठम्याइ मेरो रहयो । रेसुङ्गा क्याम्पसमा स्नातक भर्ना भैसकेको थिए । फेरि स्थगित भएको वैदेशिक रोजगारीको भुत मनमा जाग्न थाल्यो । ं२ संगै पढेका प्रिय मित्र गणेश कुन्वर जि काठमाडौ हुनुहुन्थ्यो । यहाँ बसेर पार लागेन, पार्टीमा पनि नाताबाद कृपावाद हावी भो राम्रो काम र दाम हुनेतिर भिसा लगाउन परो भनेर लौन यार साथी भनेर उनै गणेश जि लाई भने । गणेशजि, खिमजि र निमजिको बसाई एकै कोठामा थियो । त्यो कोठामा म धेरै पटक बसेको छु । तिनैजना सङ्ग अत्यन्तै हार्दिकताको सम्बन्ध सदा रहिरहनेछ । वैदेशिक रोजगारको मामिलामा गणेश जि र म अलि आलाकाचो नै थियौ । गणेशजिले ताहाचल क्याम्पसको अखिल क्रान्तिकारिको नेता खगेन्द्र नेपाली सङ्ग मेरो बारेमा कुरा गर्नुभएछ । खगेन्द्र र म एकै समुदायको, एकै पार्टीको हुदा ठग्ने काम नहोला भन्ने बुझाइ हाम्रो थियो । प्लास्टिक कम्पनीमा इन्डोर काम मासिक कम्तिमा २८र३० हजार बचत हुने लागत १ लाख २० हजार भन्ने कुरा खगेन्द्रबाट आयो । म र गणेश जि सहमत भयौ । काम अगाडी बढाउन भनियो । २०६५ माघको कुरा हो । खगेन्द्रले भिसा आयो साथिलाइ बोलाउन भनेछ गणेशजिले खबर गर्नु भो । लागत एक लाख बीस हजारको जोगाड गरियो । दुई चारजोर लत्ताकपडा किनियो । भेटनुपर्ने आफन्त, इष्टमित्र साथिभाइ सबैलाई भेट गरियो । बाआमाको हातबाट टीका लगाएर साउदी जान घरबाट हिडियो । मेरो काठमाडौको बसाइ गणेश खिम सङ्ग नै हुन्थ्यो । निमजिले आफुले काम गर्ने होलसेल पसलबाट ३र४ जोर ट्रयाकसुट ल्याइदिनु भो ।निम जि अहिले प्रहरीमा हुनुहुन्छ । खिम जि नेकपा गुल्मिको सेक्रेटरी हुनुहुन्छ । गणेश जि संघीय समाजबादी ५ नम्बर प्रदेश बिशेश कमिटीको सम्योजक हुनुहुन्छ । तिनैजना मनको धनी साथी। काठमाडौ बसेको ३ दिन भैसकेको थियो भिसा लागेको पासपोर्ट र टिकट हात परेको थिएन । खगेन्द्रले पैसा मागेको मागी छ तर हामिहरु भिसावाला पासपोर्ट र प्लेन टिकट हात नपरी पैसा नदिनेमा एकमत थियौ । खगेन्द्र दलालको पनि दलाल रहेछ । खगेन्द्रले मरिगए मुख्य दलाललाई चिनाउदैन । काठमाडौ पुगेको चौथो दिन पैसा लिएर गौशालाको सगम होटेल आउनु कागतपत्र त्यही मिल्छ खगेन्द्रले खबर गर्यो । गणेश जि म गयौ । मुख्य दलाल भोजपुरको रहेछ । उचाइ साढे ६ फुट बढी ज्यान हेर्दै डरलाग्दो आर्मिको जागीर छोडेको रहेछ । कुराकानी गरियो भाइ सानै रहेछौ। एक लाख बीस हजारमा दुई हजार छुट भो भोजपुरे दलालले भन्यो । पैसा लिनेदिने कागज लेखाइयो तर कागजपत्र देखाउदैन । कागजपत्र नदेखाउदा हामिले पैसा दिएनौ, पैसा नपाउदाको रिस उस्को अनुहारमा स्पष्ट देखिएको थियो । भोलि १२ बजे आउनु २ बजे फ्लाइट छ सबै त्यतिबेला नै एकैपटक बुझ्ने भन्यो । अर्को्दिन खिम जि र म झोलासोला बोकेर गयौ त्यही पशुपति नजिक गौशालाको संगम होटेल । उनिहरु आएर बसिरहेका थिए । पासपोर्ट टिकट आउदै छ पैसा बुझम भन्यो हामिले पनि बिश्वास गरियो । नेपाली कागज मा तिनपुस्ते खुलाएर कागज गराइयो ल्याप्चे लगाइयो । १२ नबज्दै पुगेको २ बज्यो पैसा दिइसकियो तर एयरपोर्ट जाने कुरै गर्दैनन हामीलाई अलिअली शन्का लाग्यो । त्यतिन्जेलमा गणेश जि पनि आइसक्नु भएको थियो । दलालहरुको व्यबहार शन्कास्पद हुदै थियो । ४र५ जना अरु आउदै छन अनि यहाबाट दिल्ली जाने त्यहा १ हप्ता बसेपछि साउदी जाने भन्यो । म दिल्लीको बाटो कुनै हालतमा बिदेश जान्न पैसा र पासपोर्ट तुरुन्त दिन भनियो । दिल्लिको बाटो बिदेश जानेहरूको दुख पत्रीकामा नियमित पढेकै थिए । दुई घन्टा अगाडि दिएको पैसा पनि उस्ले खर्च भइसकेको छ पासपोर्ट दूतावासमा छ फिर्ता दिन सक्दिन दिल्ली जानुको विकल्प छैन पो भन्छ । गणेश, खिम र म तिनैजना माओवादी कार्यकर्ता थियौ । चुनावपछि ठूलो दल बनेको माओवादी को चुरिफुरी बढी नै थियो । अझ काठमाडौका दलाल म्यानपावरवालालाइ हायलकायल पार्ने वाइसीएलको उपत्यका इन्चार्ज गुल्मिबाट चुनाब जितेका सागर थिए। उपत्यका वाइसीएल टिम सङ्ग गणेशजिले सम्पर्क गरिसक्नु भएको थियो । साथीहरु होटेलमा आउन सुरु गरिहाले। खिमजिले पनि साउदिको भिसा प्रक्रिया सम्बन्धि बुझेका साथिलाइ बोलाइसक्नु भएको थियो । हामिहरु अब रक्षात्मकबाट आक्रामक तिर पुगिसकेका थियौ । म चुप रहे गणेशजि, खिमजिहरु बोल्न सुरु गर्नु भो । हामिले दिल्लीको बाटो पठाउदैनौ पैसा र पासपोर्ट दिने कि नदिने ? दलाल भन्छ म दिन सक्दिन । होटेलको गेटमा पनि साथीहरू बसिसकेको थिए । कोठामा हामिले नै घेरा हालेर निस्कन नसक्ने गराएका थियौ । भिसाको लागि पासपोर्ट क्युमा राखिएको तर कुनै काम सुरु नै भएको रहेनछ । तर उस्ले पैसा फिर्ता गर्दिन भन्यो ।दलालले अलि सामान्य नै सोच्या रहेछ खिम र गणेश अलि कडकिनु भो । हामी धेरै नै थियौ । सायद गणेश जिले नै होकि कडकिएर अब यसले सजिलोसँग दिदैन यसलाइ बालाजु क्याम्पमा ( वाइसीएलको क्याम्प बालाजु थियो) लगेपछि कि पैसा दिन्छ कि यस्को खुट्टा काटेर राखिन्छ भन्दा दलाल डरायो । दलालको बोली फेरिन लाग्यो ।नराम्रो हुनेथिएन दिल्लीबाट जादापनी राम्रै हुन्थ्यो तर भाइको जाने इच्छा नभएपछि जबर्ज्स्ति गर्दिन । साझ पर्नै लागेको थियो । एकलाख बीस हजार मा एकलाख दस हजार तुरुन्तै फिर्ता गर्यो । बाकी आठ हजार खगेन्द्रले लग्या छ भोलि १० बजेभित्र उस्ले नदिएमा जहाँ भन्नुहुन्छ त्यही आएर बुझाउछु भन्यो ।पासपोर्टको लागि एक हप्ता समय लाग्छ भन्यो उस्को कुरालाई मानियो । हामिहरु झोला बोकेर फेरि कोठामै फर्कियौ। खगेन्द्र गायब थियो अर्को्दिन बिहान ताहचल क्याम्पसमै आएर ८ हजार पनि बुझायो। पार्टीकै मान्छे अझ दलित समुदायको ब्यक्ति खगेन्द्रको बिस्वास गर्दा झन महादलाल को फेला परिएछ । यो घटनाले मलाइ त चोट दियो नै खिम गणेश जि लाई पनि पीडा दियो । उहाँहरुले अब यहि काठमाडौ बस्ने अर्को देशको लागि प्रक्रिया सुरु गर्ने भन्नु भो । तर मैले बिदेशको भुतलाई मनबाट निकालिदिए । अनि गुल्मी नै फर्किए । काठमाडौ जादा त्यो होटेल देख्दा २०६५ कै दिन झलझली सम्झिन्छु । फेरि पुरानै दिन सुरु भो प्रेस को जागिर, रेसुङ्गा क्याम्पस को पढाइ अनि ताइ न तुइको राजनीति । धोका खाएर फर्किदासम्म क्याम्पसमा स्वबियु चुनाबको रन्को थियो । क्रान्तिकारिबाट पदाधिकारीमा उठन पाइने निश्चित नै थियो । रेसुङ्गा क्याम्पसका क्रान्तिकारीको कोर टिम बसेर एक्लो प्यानलमा लडने भनेर सल्लाह गरियो जति मत आउछ त्यो शुद्ध मत हुन्छ भन्ने हाम्रो बिचार थियो । अरु सम्झना भएन तर बाबुराम सभापति म उपसभापति को उम्मेदवार सहित पोस्टर छाप्न प्रेसमा गैसकेको थियो । अचानक एमाले अखिल शीत तालमेल गर्ने निर्णय पार्टीले गरेछ । म उतिबेला पनि एमाले अखिल शीत कुनै हालतमा सहकार्य गर्नुहुदैन भन्ने लाइनमा थिए र अझैपनी यिनिहरुको सहकार्य मन पराउदिन । पार्टी नेताहरुले सभापति र उपसभापति एमाले अखिल, सचिब सहसचिव र कोषाध्यक्ष क्रान्तिकारिलाइ हुनेगरी भागबन्डा गरेछन । मन नलागी नलागी नेतृत्वको कुरा मानियो । बिदेश को मामिलामा त धोका खाइयो खाइयो स्वबियु चुनाबमा पनि नराम्ररी धोका खाइयो ।
१ हप्तामा फिर्ता दिन्छु भनेको पासपोर्ट महिना बर्ष बिते हात लागेन ।सायद कुनै मेनपावर कम्पनीको कुनोमा रहदा नै कुहिएहोला । पछि दलाल नै गायब भो ।२०६० मा ४ महिना बराबर को तलब खर्च गरेर बनाएको पासपोर्ट पहिलोपटक हराएर बल्लतल्ल हात लागेको थियो । २०६५ मा दलालको हातबाट फिर्ता आएन । २०७० माघसम्म समय अबधी भएको पासपोर्टलाई मैले खोजिनिती गर्न पनि छोडे ।आजभोलि सोच्छु म नाथेको पासपोर्ट हराउनु कौन सा बडि बात हो र । यहाँ बर्षको सरदर ७५० शब खाडी र मलेसिया बाट कफिन मा सुतेर आउछन । ती ७५० को जिबन हराएको छ सपना हराएको छ । तिनका जहान परिवारका सिउदोका सिन्दुर हराएको छ । तिनका लालाबालाका आडभरोसा र ओत हराएको छ । कफिनमा सुतेर आउने दर घटदो हैन बढदो छ । वैदेशिक रोजगारिले भौगोलिक दुरिसङ्गै मिलेका मन मुटु पनि हराएको छ । मेरो पासपोर्ट हरायो त हरायो तर यहाँ बडे बडे नीतिनिर्माता नेता र प्रशासकको इमान नैतिकता हराएको छ ।यहाँ कम्निस्टे आदर्श र सर्बहारापन को भाषण खुब छाटछन तर छोरिको बिहेमा भैंसी बाधने दाम्लो जत्रो सुनको सिक्री लगाइदिने आफ्ना कार्यकर्तालाइ भतेरमा हेर्न समेत निषेध गर्ने धेरै छन । कम्निस्टे आदर्श हरायो । देशकै शक्तिशाली प्रधानमन्त्री बस्ने बालुवाटार को सरकारी जग्गा त हराउदो रहेछ अरुको के कुरा गर्नु ! ३ वटा भक्तपुर जत्रो नेपालको जग्गा कालापानी लिम्पुयाधुरा तिर हराइसकेको छ त्यति धेरै जग्गा त हराउने देशमा म नाथेको गोजिमा अटने पासपोर्ट हराउनु स्वभाबिक नै हो । त्यसैले मैले साब’ मेरो पासपोर्ट हरायो भनेर कतै गुनासो गर्दिन ।
लेखक बिश्वकर्मा गुल्मी सदरमुकाम तम्घास निवासी हुन् ।
