लिला शाह सोमबार, बैशाख २८, २०८३

दाङ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब बिरेन्द्र केसिले विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनमा लैङगिक समानता अपाङगता तथा सामाजिक समाबेशीकरणका सवाललाई प्रमुख प्राथमिकता दिनु पर्ने बताएका छन् ।

संकटासन्न समुदायमा र्गभबति तथा सुत्केरी महिला, अपाङगता भएका ब्यक्ती,बालबालिका, असाहय र अशक्तहरु बढी जोखिममा पर्ने भएकाले त्यस्ता समुदायलाई प्राथमिकतामा राखेर बिपद प्रतिकार्य योजना बनाउदा सहज हुने उनले बताए । मानब श्रृजित विपदले समुदायमा भयाबह अबस्था ल्याउने गरेको बताउदै उनले सुकुम्बासीको नाममा खोला किनारमा हुने अब्यबस्थित बसोबास,बिकाश निर्माणका नाममा जथाभाबि गरिने रुख कटान र अब्यबस्थित सडक निर्माण, सरसफाईको नाममा बन जगलमा पातपतिङगर जलाउदा लाग्ने बन डढेलो,जस्ता मानबिय कृयाकलापका कारण बिपदको जोखिम बढ्ने गरेको बताए ।

त्यसका जोखिमबाट बच्न समुदाय स्तरमा सचेतना र जागरणको आश्यकता माथि उनले जोड दिए । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङगिक समानता अपाङगता सामाजिक समाबेशीकरण सम्बन्धी लमहीमा आयोजित दुई दिने कार्यशाला गोष्ठीको समापनको अबसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । केसीले विपद जोखिम न्युनिकरणका लागी दातृ निकायले बर्षेनि गर्ने लगानीको सही सदुपयोगमा समेत जोड दिएका थिए ।

विपद जोखिम न्युनिकरणमा संकटासन्न समूहको पहुँच,क्षमता र अर्थपू्र्ण सहभागितामा वृद्धि गर्दै लैङ्गिक समानता,अपाङ्गता र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने लक्ष्यका साथै प्रदेश स्तररीय कार्यशाला संचालन गरिएको डिपिएन नेपाल लुम्बनी प्रदेशका अध्यक्ष र्धमराज घिमिरेले बताए । बिपदको जोखिमलाइृ लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणका दृष्टिबाट न्युनिकरणका लागी योजना बनाउन आबश्यक रहेको बताए ।

लैङ्गकि समानता,अपाङ्गता र सामाजिक समावेशीकरण सहितको विपद् पूर्व तयारी सुदृढ गर्दे अझ राम्रो,बलियो र पहुँचयुक्त विपद जोखिम न्युनिकरणको योजना निर्माणमा तिनै तहको सरकारले ब्यान दिन जरुरीरहेको कार्यशालाका अन्य सहभागिहरुको भनाई थियो । कार्यशालाको सहजिकरण युएन ओमनका,नबिन दाहाल, क्षीतिज आचार्य युनिसेफका डम्बर बोहोरा,शक्ती गुरङ, लगायतले गरेका थिए ।

कार्यशालामा जोखिम क्षेत्रको पहिचान आकस्मिक सेवा प्रदायक निकायहरु,विपदको पुर्ब तयारी अध्यन,विपद प्रतिकार्य योजना लगायतका विषयमा छलफल भएको थियो । कार्यशालाले लुम्बनी प्रदेश स्तरीय विपद जोखिम न्युनिकरण कार्यमंच गठन गरेको छ। गैरसरकारी संस्था महासंघ लुम्बनी प्रदेशका सयोजक केशब भुसाल संयोजक र अपाङग महासंघ लुम्बनी प्रदेशका दयाराम अधिकारी सहसंयोजक र अन्य सदस्य रहने गरि लुम्बनी प्रदेश स्तरीय कार्यमंच गठन गरिएको छ । भने मानब कल्याण तथा बाताबरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतम संयोजक र रमेश कुर्मी सहसयोजक रहेको प्राबधिक कार्यमन्च पनि गठन गरेको छ ।

त्यस्तै,मंचले लुम्बनी प्रदेशको सकटासन्न जोखिम युक्त क्षेत्रको पहीचान,तथ्याङक सकलन,सहित आकस्मिक उद्धार तथा राहातको पुर्ब तयारीको योजना निर्माणमा सहयोग गर्ने छ । कार्यशालामा लुम्बनी प्रदेशका ९ जिल्लाका गैरसरकारी संघ सस्थाका पदाधिकारीको सहभागिता थियो । शहरी विपद तथा भुकम्पिय जोखिम पुर्ब तयारी परियोजना अन्तर्गत युनिसेफ,युएन ओमन लगायतका विभिन्न आधा दर्जन बढी सहयोगि निकायको सहकार्यमा कार्यक्रम भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]