
mbd
Pbu
Rbs
Gisld
Sds
Ksm
gst
Anm
Gmk
Mbdvs

Wsp
Rsb
Ksm
Hal
nsb
Rgu
Sbs
Pvg
Tsm
Vor
Ssm
Sls
Bbbpu
Rgu
Ggd
Asm
Gst
Rgs
Bbu

Mks
Jmb
bbt
Rpp
Syp
sab
Pls
Jmb
Bml
Ptm
Abd
Gsb
Rmb
काठमाडौँ । यो बर्ष आयोजना हुने भनिएको ओलम्पिकको मिति सरेको छ ।मंगलबार अन्तराष्ट्रिय ओलम्पिक कमिटीले कोरोनाको त्रासका कारण यही जुलाइ र अगष्टमा जापानमा हुने तय भएको ओलम्पिक एक वर्षपछि सरेको जनाएको छ ।आईओसी र जापान सरकारबीच टोकियो ओलम्पिक एक वर्षका लागि सार्ने सहमति जनाएका हुन् । कोरोनाको तीव्र फैलावटले ओलम्पिक कहिले हुने भन्ने अनिश्चित बनेको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाले अहिले विश्वका १९० बढी देशमा फैलिएको छ भने १५ हजार बढीको यसको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै, टोकियो ओलम्पिकसंगै पारा ओलमपिक पनि एक वर्ष पछि सरेको छ ।त्यस्तै युरोकप २०२० र दक्षिण अमेरिकी महादेशको फुटबल पनि एक वर्ष पछि सरेका छन् ।
सन् १८९६ मा ग्रिसको एथेन्सबाट शुरु भएको ओलम्पिक प्रत्येक चार चार वर्षको अन्तरमा हुँदै आएको छ । यदि अर्काे वर्ष भएमा पहिलो पटक ओलम्पिक विजोर वर्षमा हुने भएको छ । यसअघि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्ध भएपनि सरेको भएको भने यो पहिलोपटक हो ।
कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष हुने सबै ठूला खेलकुद प्रतियोगिता अब स्थगित भएका छन् ।
