Sidha Patra मंगलबार, चैत्र ११, २०७६

काठमाडौँ । यो बर्ष आयोजना हुने भनिएको ओलम्पिकको मिति सरेको छ ।मंगलबार अन्तराष्ट्रिय ओलम्पिक कमिटीले कोरोनाको त्रासका कारण यही जुलाइ र अगष्टमा जापानमा हुने तय भएको ओलम्पिक एक वर्षपछि सरेको जनाएको छ ।आईओसी र जापान सरकारबीच टोकियो ओलम्पिक एक वर्षका लागि सार्ने सहमति जनाएका हुन् । कोरोनाको तीव्र फैलावटले ओलम्पिक कहिले हुने भन्ने अनिश्चित बनेको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाले अहिले विश्वका १९० बढी देशमा फैलिएको छ भने १५ हजार बढीको यसको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै, टोकियो ओलम्पिकसंगै पारा ओलमपिक पनि एक वर्ष पछि सरेको छ ।त्यस्तै युरोकप २०२० र दक्षिण अमेरिकी महादेशको फुटबल पनि एक वर्ष पछि सरेका छन् ।
सन् १८९६ मा ग्रिसको एथेन्सबाट शुरु भएको ओलम्पिक प्रत्येक चार चार वर्षको अन्तरमा हुँदै आएको छ । यदि अर्काे वर्ष भएमा पहिलो पटक ओलम्पिक विजोर वर्षमा हुने भएको छ । यसअघि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्ध भएपनि सरेको भएको भने यो पहिलोपटक हो ।
कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष हुने सबै ठूला खेलकुद प्रतियोगिता अब स्थगित भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]