Sidha Patra बुधबार, बैशाख ३१, २०७७

रुपन्देही  । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय सीमामा फसिरहेका नेपालीलाई नेपाल ल्याउन थालेको छ ।

लकडाउनका कारण रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा फसिरहेका नेपालीलाई नेपाल ल्याइएको हो । वुधबार सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले ५ सय १० जना नेपालीलाई ल्याएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका प्रमुख उपप्रमुखहरु उनीहरुलाई लिन बस लिएर बेलहिया पुगेका थिए ।
भारतीय क्वारेन्टाइनमा एक महिना बढी समय बिताएका नेपालीलाई नेपाल ल्याउन थालिएको बताईएको छ । उनीहरु नेपाल आएपछि पनि चौध दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ।कोरोना परीक्षण पछि मात्र उनिहरु आफ्नो गृह जिल्ला जाने छन् ।

रुपन्देहीका सीमामा १६ सय नेपालीमध्ये १२ सयले क्वारेन्टाइनको अवधि पुरा गरेकोले ल्याउनु पर्ने जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]