
Rgp
Lnp
Ggp
Asbus
Msbus
Ggp
Ksbus
Ksbus
Sdc

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारु समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
बर्का अट्वारी पर्वको अवसरमा आतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक संस्कृति,परम्परा,आस्था र सामाजिक जीवनसँग गहिरो रुपमा जोडिएको बर्का अट्वारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गरेका हुन् ।
अट्वारी पर्व महाभारतका पात्र भीमको वीरता, साहस,न्याय र थारु समुदायको संरक्षणसँग जोडिएको लोकविश्वासमा आधारित रहेको उनले बताए । पर्वको महत्वपूर्ण पक्षका रुपमा रहेको ‘अग्रासन’ ले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।
आफूले ग्रहण गर्ने खानाको एक भाग दिदीबहिनीका लागि छुट्ट्याएर कोसेलीका रुपमा पुर्याउने अग्रासनको परम्पराले आपसी सद्भाव, सहयोग र भाइचारालाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले बताएका छन् । उनले अग्रासनको परम्परालाई सांस्कृतिक सम्पदाको सुन्दर उदाहरणका रुपमा उल्लेख गरेका छन् ।
बदलिँदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यले बताएका छन् । लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जातजाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री आचार्यले बर्का अट्वारी पर्वले थारु समुदायमा मात्र नभई समग्र समाजमा आपसी प्रेम, सद्भाव,सहिष्णुता,भाइचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
