
Asbus
Msbus
Ggp
Rgp
Ksbus
Lnp
Ksbus
Ggp
Sdc

दाङ । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।
त्यस्तै,प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ ।
यससँगै भदौ २९ गते सोमबार लुम्बिनी प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरु बन्द रहनेछन् ।
