Sidha Patra शुक्रबार, भाद्र २६, २०८३

दाङ । लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारले उनको बिदाइ गरेको छ ।

गत मंसिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले काप्रीलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा मुख्यमन्त्री आचार्यले काप्रीले प्रदेशमा केही नयाँ कामको थालनी र प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यो अवधिमा प्रशासनिक सुधारका क्षेत्रमा उनले महत्वपूर्ण काम गरेको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन समन्वय र सहकार्यको माध्यमलाई प्राथमिकता दिइएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वबीचको सहकार्यले सरकारका कामलाई परिणाममुखी बनाउन सहयोग पुगेको बताए । काप्रीले आफ्नो कार्यकालमा मन्त्रालयको संख्या घटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा काम गरिएको बताए । लुम्बिनी प्रदेशले सुशासनको क्षेत्रमा अनुकरणीय काम गरेको उनको भनाइ थियो ।

‘कानुनमा रहेर काम गर्नुपर्छ र त्यसबाट नतिजा निकाल्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले जिम्मेवारी पूरा गरेको काप्रीले बताए । काप्रीले आफूले शिक्षकबाट सेवा जीवन सुरु गरेको र विद्यालय निरीक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेको बताए । विदाइ कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रत्न बहादुर खत्री,प्रदेश सरकारका सचिव,कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]