
Asbus
Ksbus
Ggp
Lnp
Sdc
Ksbus
Ggp
Rgp
Msbus

काठमाडौँ । चीनले नेपालमा विपद् उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।
काठमाडौँस्थित चिनियाँ दूतावासका अनुसार नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमबारेका सूचनासमेत नेपालसँग साझा गरिनेछ।
चीनको मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी र मौसमको प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
त्यसैगरी, चिनियाँ पक्षले सम्बन्धित नेपाली निकायसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गर्दै आएको र उद्धार तथा राहत कार्यमा आवश्यक मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराइरहेको जनाएको छ।
चीनले विपद्का क्रममा मौसम तथा जलविज्ञानसम्बन्धी सूचना समयमै उपलब्ध गराएर जोखिम न्यूनीकरण र उद्धार कार्यमा सहजीकरण गर्ने जनाएको हो।
