
Ksbus
Lnp
Rgp
Ksbus
Ggp
Ggp
Sdc
Asbus
Msbus

प्युठान। कोरोना भाईरस (कोभिड—१९) फैलन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन् । भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, चेन्नेई,नया डिल्ली लगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी चार साता देखी फसेका हुन् । उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले आफूहरु झन्डै ८० जना २५ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए । “एउटा सानो कोठामा १२÷१५ जना खादिएर बसेका छौँ ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।”उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे । राजस्थानमै रहेका दुर्गे गिरीले पनि लकडाउनले गर्दा नोकरी टुटेपछि आफुहरु बिखर्ची भएको सुनाए । ‘ न खाने कुरा छ, न पैसा , उपाय पनि छैन’ उनले भने,‘संगै काम गर्न आएका सबैको उहि हालत छ ।’
“नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्यौँ ।” उनले दुखेसो पोख्दै भने, “ जत्ती पटक गरे पनि दूतावासको ल्यान्डलाइन उठ्दै–उठ्दैन ।” त्यसैगरी भारतको महाराष्ट्र तालुकामा अलपत्र परेका ऐरावती गाउपालिका ५ का आयुस रन्जनले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए। ‘कमाई गरेको पैसा सकियो’ उनले भने,’ अब के खाने, के गर्ने समस्या भयो।’ अब पैदलै हिँड्ने त होला ।’“हुलिएर बसेका छौँ । बाहिर कोरोनाको डर धेरै छ ।” उनले भने, उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।“यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।” महाराष्ट्रको तालुकामा सराङ्कोट गाउका ४० बढी फसिरहेको उनले सुनाए। रन्जनका अनुसार अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।
त्यसैगरी नयाँ दिल्लीमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । प्युठानको सरुमारानी २ का यामु रानाले दिल्ली आसपासको बुद्धनगर नोयडामा ३ सय बढी प्युठानी समस्यामा परेको जानकारी दिए । उनले भने,’अरु जिल्लाको त धेरै छन। “यहाँ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढि भयो।’ उनले भने,’लकडाउनले काम चलेको छैन, यसरी कति दिन चल्छ हाम्रो जीवन?’हामीलाई पनि हाम्रो सरकारले बस पठाएर उद्धार गरिदिनुपर्यो,” उनले भने,’ हामी आफ्नै देशमा गएर क्वारेन्टाईनमा बस्न तयार छौँ।’
खासगरी भारतमा होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढी समस्यामा छन् । लामो समयको लकडाउनका कारण भारतका विभिन्न स्थानमा बसने नेपालीहरु समस्यामा परेको उनीहरुले बताएका छन् । उनीहरुले लकडाउन अबधिभर आफूहरुलाई खानपानको ब्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरिरहेका छन् ।
