
Pbu
Bs1
Sssbus1
ssbus
Ssbus
Sssbus1
Ssbus
nsm
Gsl
Ssbus
tssbus

Sls
Ggd
Hal
Asm
Gst
Bbbpu
Ksm
Ssm
Rsb
Bbu
Tsm
Pvg
Rgu
Rgs
Vor
Rgu
Wsp
nsb
Sbs

Rpp
Rmb
Jmb
Mks
Abd
Gsb
Jmb
Bml
bbt
Ptm
Pls
Syp
sab
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो सेवासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न र सेवा छिटो छरितो बनाउन आफ्नै टोल फ्री नम्बर १६६०७१ ५६६६६ संचालनमा ल्याएको छ । यस टोल फ्री नम्बरमा सेवाग्राहीले फोन गर्दा पैसा लाग्दैन । नि:शुल्क रुपमा प्रदान गरिएको यस सेवाले सेवाग्राहिमा आफ्नो कामको बारेमा बुझ्ने र अत्यावश्यक सेवा हरु लिन सहज बनाउने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो । शुक्रबारदेखि संचालित सेवाको बारेमा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिकामा दिइने सेवाका बिषयमा सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्न र अत्यावश्यक सेवा जस्तै: दमकल, एम्बुलेन्स लगायतका सेवाका लागि टोल फ्रि नम्बर १६६०७१ ५६६६६ सेवाको शुभारम्भ गरिएको बताउनुभएको छ।टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने र त्यस सेवाले नगरको सम्पूर्ण क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख घिमिरेले विश्वास व्यक्त गर्नुभएको छ। उहाले जनतालाई सोझै नगर सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा संचालनमा ल्याउनु परेको र यस क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास पनि व्यक्त गर्नुभयो। नगरपालिकाले टोल फ्री नम्बरमार्फत् जनताका आवश्यकता, गुनासो र मागलाई तत्काल सम्बोधन गर्ने तयारी गरेको हो ।नगरपालिकाले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घण्टा कार्यरत रहनेगरी कर्मचारी खटाएको छ । अहिले कोरोनाको त्रास विश्वभर भएको र यसबाट बच्न सबै जागरुक हुनुपर्ने भएकाले एम्बुलेन्स र हावाहुरीको महिना भएकाले आगलागी बाट हुने क्षतिलाइ कम गर्न दमकल सेवा २४ सै घण्टा उपलब्ध गराउने गरि निशुल्क टोल फ्री नम्बर राखिएको सुचना तथा प्रबिधि प्रमुख इन्जिनियर सुदिप ढकालले बताउनुभयो । अब नगरपालिकाको सेवा का लागि टोल फ्री नम्बर १६६०७१ ५६६६६ नम्बरमा निशुल्क फोन गर्न सकिनेछ ।
