
Gsl
tssbus
Sssbus1
ssbus
Pbu
Ssbus
Sssbus1
Ssbus
nsm
Ssbus
Bs1

Ggd
Rgs
Ksm
Hal
Bbu
Vor
Tsm
Bbbpu
Sbs
nsb
Rgu
Rgu
Wsp
Ssm
Sls
Rsb
Gst
Pvg
Asm

sab
Jmb
Mks
Abd
Pls
Rpp
Ptm
Syp
Jmb
Gsb
bbt
Rmb
Bml
कपिलवस्तु ।कपिलवस्तुको महाराजगंज नगरपालिका ९ मा रहेको शिवभारी माध्यमिक विद्यालयको भवनको सम्झौता भएको छ । महाराजगंज नगरपालिको शिक्षा गुणस्तरमा सुधार र शैक्षिक भवनको अभाव भएको अवस्थामा भवनको सम्झौता भएको हो । भारतीय दुतावासको आर्थिक सहयोगमा चार करोड ३२ लाख बराबरको भवन निर्माणको सोमबार सम्झौता गरिएको हो । उक्त सम्झौता काठमाण्डौमा भएको हो । भारतीय दुतावासको तर्फबाट शिक्षा हेर्ने आधिकारी र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले सम्झौता पत्रमा हस्तक्षर गर्नु भएको हो ।भारतीय दुतावासले गत आर्थिक बर्षमा भवन निर्माणको लागि रकम विनियोजीत गरेको थियो सोही अनुसार भवन निर्माणको लागि सम्झौता गरिएको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । उहाले भन्नुभयो हामीले धेरै नै प्रयास गर्यौ अनी मात्र भवन सम्झौता भयो ।
भवन निर्माणपछी महाराजगंज नगरपालिकाका शिवभारी मा.वि का विद्यार्थीहरुलाई धैरे नै राहत हुने विद्यालयका प्राधानाध्यपक सुरेन्द्रमणी चौधरीले जानकारी दिनुभयो । विद्यलयको भवन आभाव भएकोले पठनपाठनमा धेरै नै कठिनाई हुदै आएको थियो अब हामीलाई राहत हुने प्रअ चौधरीले बताउनु भयो ।
विद्यालयको भवन बन्ने भएपछी महाराजगंजवासी खुसी भएका छन । शिक्षामा निकै पछि परेको यस क्षेत्रलाई भवन निर्माणको सम्झौता हुने गौरवको कुरा भएको स्थानियले बताएका छन ।
