
Ssbus
Gsl
Sssbus1
Sssbus1
Pbu
nsm
Ssbus
ssbus
Ssbus
tssbus

Rgs
Ksm
Vor
Rgu
Bbu
Bbbpu
Sls
Rsb
Tsm
nsb
Pvg
Gst
Ssm
Ggd
Sbs
Rgu
Hal
Asm
Wsp

Bml
Ptm
sab
Mks
Gsb
Rmb
Abd
Jmb
Jmb
bbt
Syp
Pls
Rpp
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ । आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह-प्रवक्ता पुष्कर कार्कीले बताए ।
यस्तै फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।
निगमको विज्ञप्ति
