
Sssbus1
Ssbus
tssbus
Sssbus1
Ssbus
nsm
ssbus
Pbu
Gsl
Ssbus

Tsm
Rsb
Asm
Gst
Ssm
Bbu
Hal
Wsp
Ksm
Bbbpu
Sls
nsb
Ggd
Rgu
Sbs
Rgu
Vor
Pvg
Rgs

sab
Pls
bbt
Rmb
Abd
Ptm
Rpp
Syp
Jmb
Mks
Gsb
Jmb
Bml
काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।
युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो चरणको वार्ता सकिएको छ तर युक्रेनले खोजेको नतिजा अझै प्राप्त भएको छैन’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा लेखेका छन्, ‘मावनीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने निर्णय मात्रै भएको छ ।
रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भनेका छन् । यही आधारमा युद्ध विराम गर्न सकिने पनि उनको भनाइ थियो ।
पुटिन भन्छन्-सैन्य कारबाही योजना अनुसार अघि बढ्छ
यसैबीच,रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी ‘सैन्य कारबाही’ योजना अनुसार अघि बढ्ने बताएका छन् । उनले रुसको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै सैन्य कारबाही योजना अनुसार अघि बढ्ने बताएका हुन् । विशेष सैन्य कारबाही योजना र कार्यतालिका अनुसार नै अघि बढ्ने कुरा बताउन चाहन्छु’ पुटिनले भने, ‘हामीले नवनाजीहरूसँग युद्ध गरिरहेका छौं । रुसी र युक्रेनीहरू एउटै मानव हुन् भन्ने आफ्नो धारणा कहिल्यै त्याग्ने छैन ।‘ पुटिनले रुसी सैनिकलाई ‘नायक’ भन्दै प्रशंसासमेत गरेका छन् ।
त्यस्तै,रुसी सेनाले युक्रेनमा युद्ध भइरहेका स्थान छोड्नका लागि सर्वसाधारणलाई सुरक्षित मार्ग उपलब्ध गराउने समेत पुटिनको भनाइ थियो । उनले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसँग भिडियोमा कुरा गर्दै युक्रेनका राष्ट्रवादीले सर्वसाधारणलाई सुरक्षित स्थान जान नदिएको समेत बताए। राष्ट्रवादीले सर्वसाधारणलाई मानव ढाल बनाएको पनि उनको आरोप थियो ।अनलाइनखबर
