
Sssbus1
nsm
Pbu
Ssbus
Ssbus
Gsl
tssbus
Ssbus
Bs1
Sssbus1
ssbus

nsb
Sls
Vor
Rsb
Rgu
Asm
Rgu
Pvg
Tsm
Bbbpu
Ksm
Bbu
Gst
Sbs
Ssm
Rgs
Wsp
Ggd
Hal

sab
Gsb
Bml
Ptm
Rmb
bbt
Rpp
Pls
Jmb
Abd
Syp
Mks
Jmb
नवलपरासी । प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले किसानलाई भारतबाट सहजै धानको बिउ ल्याउन दिनुपर्नेमा जोड दिनुभएको छ । सोमबार संसद बैठकमा सम्बोधन गर्दै कंण्डेलले पश्चिम नवलपरासी सहित रुपन्देही, कपिलवस्तु आसपासका जिल्लामा सरकारले सुचिकृत गरेका धानको बिउ उत्पादन नहुने भएकाले हाईब्रिड बिउका लागी भारतको भर पर्नुपर्ने अवस्था रहेको जान्दाजान्दै पनि बिउको भन्सार नगरिनु दुखद भएको बताउनुभयो ।
पश्चिम नवलपरासी क्षेत्र २ बाट नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गरेका सांसद कंण्डेलले भन्नुभयो, ‘‘महेसपुर भन्सारमा किसान रोईरहेका छन्, तर सरकारले धान ल्याउ बिउ ल्याउन दिन्नौ भन्छ, किसानले अहिले उताबाट ल्याएको बिउ चाही रोक्ने, तर पछि धान खरिद गरि ल्याउदा चाही नरोक्ने यस्तो पनि हुन्छ ? खाली आर्दशका कुरा गरेर मात्र हँदैन ।’’
कारोना महामारी एउटा युद्ध हो युद्धको समयमा कानुनका पाना पल्टाएर देश नचल्ने बताउँदै यस्तो समयमा किसानले बिउ ल्याउदा बिउको भन्सार हुँदैन तर एजेन्ट र तस्करले मात्रै बिउ ल्याउन पाउछ भन्ने जस्तो सरकारको दृष्टिकोण देखिएको बताउँदै नेता कंण्डेलले थपे ‘‘हात जोडर आग्रह गर्छु किसानलाई बिउ र मल ल्याउने सहज वातावरण बनाईदिनुस् ।’’
यस्तै कंण्डेलले उद्योगी व्यवसायीका लागी सरकारले विशेष प्याकेज ल्याउन माग गर्नुभएको छ । संसद बैठकमै बोल्दै उहाँले लकडाउनका कारण पर्यटन, उड्डयन र उद्योगी व्यवसायी मर्कामा पर्ने हुँदा उनिहरुको लगानी सुरक्षित गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।
