
Csbus
Rbs
Nssbus7
Ratbs
Gsl
Ddhbs
dsbus
Jsbus
Amb
Pbu
Gsbus
Syees
syysr
Bksbus5
gms
Ssbus

nsb
Ggd
Rgu
Rgs
Sbs
Tsm
Sls
Rsb
Ssm
Bbu
Hal
Vor
Rgu
Ksm
Asm
Pvg
Gst
Bbbpu
Wsp

Pls
Bml
Syp
Abd
Jmb
bbt
Gsb
sab
Rmb
Mks
Jmb
Rpp
Ptm
काठमाडौं । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।
केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
राति घर जाने क्रममा चक्कु प्रहार गरी शानको हत्या गरिएको थियो । कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएपछि उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासनको हत्या भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भाजपाको ओबीसी मोर्चाका प्रान्तीय सचिवसमेत रहेका श्रीनिवासन हालै सम्पन्न विधानसभा चुनावमा उम्मेदवार थिए ।
दुई नेताको हत्या लगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनराई विजयनले हत्याको निन्दा गर्दै संलग्नलाई कडा कारबाही गरिने बताएका छन् । ‘यस खालको जघन्य एवं अमानवीय हिंसा राज्यका लागि खतरनाक छ’, पत्रकार सम्मेलनमा बोल्दै विजयनले भने, ‘सबै मानिसले यस्ता हत्यारा समूहको पहिचान गरी एक्ल्याउने छन् भन्नेमा म विश्वस्त छु ।’
भाजपा र एसडीपीआईले एकअर्कामाथि हत्याको दोष लगाएका छन् । भाजपाका प्रान्तीय अध्यक्ष के सुरेन्द्रनले ६० दिनको अवधिमा आफ्ना ३ जना नेताको निर्मम हत्या भएको र आततायी समूहले राज्यलाई अस्थिर बनाउन खोजेको बताएका छन् ।
तर एडीपीआईले भाजपाको वैचारिक गुरु आरएसएसमाथि हमलाको योजना बनाएको आरोप लगाएको छ । ‘यो राज्यमा साम्प्रदायिक हिंसा सिर्जना गर्ने र साम्प्रदायिक सदभाव खल्बल्याउने संघ परिवारको एजेन्डाको एक अंग हो’, सो पार्टीका प्रमुख एमके फैजीले भने ।अनलाइनखबर
