
Nssbus7
Gsbus
dsbus
Ddhbs
Ratbs
syysr
Pbu
gms
Csbus
Syees
Amb
Ssbus
Gsl
Bksbus5
Jsbus
Rbs

Rgu
Rsb
Hal
Tsm
Bbbpu
Vor
Ggd
Rgs
Ksm
Pvg
Sbs
Ssm
Asm
Rgu
nsb
Sls
Wsp
Bbu
Gst

Syp
Abd
Mks
sab
Jmb
Gsb
bbt
Pls
Jmb
Rpp
Ptm
Bml
Rmb
काठमाडौं । नेपाली काङ्ग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनु भएको हो ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाउनु भयो भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाउनु भएको थियो । ३५ मत भने बदर भएको छ ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याउनु भएको थियो । तर बहुमत पुगेको थिएन । कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।
देउवाले २२५८ पाउनु भएको थियो भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाउनु भयो । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।
तीनै उम्मेदवारको देउवालाई समर्थन
त्यस्तै २०७२ मा भएको काङ्ग्रेसको १३ औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जित्नु भएको थियो । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गर्नु भएका उहाँलाई पहिलो चरणमा ८ मत पुगेको थियो । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर काङ्ग्रेसको सभापति चुनिनु भएको थियो ।
यस्तै यो पटक पनि उहाँले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाउनु भयो । प्रकाशमान सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै भएको थियो ।
