दाङ । राष्ट्रिय जनमोर्चा दाङको संगठन निर्माण अभियान अन्तरगत शनिबार घोराही उपमहानगरपालीका वडा नम्बर २ मा वडा समिति गठन भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय रहने गरि वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल सचिवमा बिस्णु रिजाल,कोषाध्यक्षमा सारदा रिजाल ,सह सचिबमा डिल्ली हमाल […]
दाङ । गढवा स्थित पौष्टिक कृषि सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख यादवले सहकारीहरुले नाफामुखी मात्र नभएर सेवामुखि कामहरु […]
दाङ । देउखुरीको लमही स्थित ईलाका प्रशासन कार्यालयमा सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ । घाम लाग्दा होस् या पानी पर्दा होस् छाता ओढेर कार्यालय बाहिर २ वटा फाँटको झ्यालबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई सहज होस् भन्नका लागि संघिय सरकार अन्तरगत भवन डिभिजन कार्यालयले भवन वरपर ट्रस निर्माण गरेको छ । तर त्यो […]
दाङ । गढवा गाउँपालिकाका पुर्व जनप्रतिनिधिको निर्णायक पुस्तिका गायब विषयमा एमाले गढवाद्वारा गम्भीर ध्यानाकर्षण जनाएको छ । गढवा गाउँपालिकामा २०७७ अषाढ ९ गतेको कार्यपालिका बैठकको निर्णय पुस्तिका पुर्व जनप्रतिनिधिहरुबाट मिति २०८० असोज १७ का दिन खोजी गर्ने क्रममा गाउँपालिकाबाट गायब गरिएको विषय प्रती नेकपा एमाले पार्टी गढवाले गम्भीर ध्यान आकर्षण जनाएको हो । नेकपा एमाले […]
दाङ । बर्तमान दलाल संसदीय व्यवस्थाको विकल्प भनेको दलाल पुँजिवादी संघीयताको खारेज गरी त्यसको ठाउँमा समाजवादी संघीयता सहितको नेपाली विषेशताको,नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र भएको नेकपाका नेता विषम सी ले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्बिनी ब्युरो अन्तरगत देउखुरी जिल्लाद्वारा शुक्रवार लमहीमा आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया […]
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले वैदेशिक रोजगारीका लागि गएका व्यक्तिका परिवारलाई समाजले हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताउनु भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले जबसम्म हामीले सकारात्मक सोच, सकारात्मक भावना राख्दैनौ तबसम्म समाज परिवर्तन नहुने बताउनु भयो । एउटा युवा अथवा युवती आर्थिक चपेटामा परेर परिवारका […]
काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जका रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सरकारले संविधान दिवसको दिन श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगलको कैद मिनाहा गर्ने निर्णय गरेपछि श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सोही रिटउपर सुनुवाई गर्दै आज सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माले सरकारलाई […]
दाङ । लमही-७ मा कान सम्बन्धीका बिरामीहरुको नि:शुल्क उपचार गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ को आयोजनामा वडा अन्तरगतका कानका बिरामी हरुको नि:शुल्क उपचार गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । जसले गर्दा आर्थिक अभाबले उपचारबाट बञ्चित भएका बिरामी हरुलाई सहज भएको छ । वडाका बिरामीहरुलाई स्वास्थ्यको पहुँच सम्म पुराउने उद्देश्यले पहलकदमी थालिएको स्थानिय […]
बाँके । बाँके जिल्लाको नेपालगञ्जमा मंगलबारदेखि लगाइएको कर्फ्यु आजदेखि दिउँसोको समयमा हटाइएको छ । मंगलबारदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसोको समयमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको हो । बेलुका ८ बजेदेखि भोलि […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा देउखुरी उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीलाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा सम्मान गरिएको छ । संघको १२ औं अधिबेशन तथा २० औं साधारणसभाबाट नव निर्वाचित पदाधिकारीहरुलाई खानेपानी संस्थाले एक कार्यक्रम आयोजना गरि स्वागत तथा सम्मान गरेकाे हो । खानेपानी संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता […]