पतन्जली योगसाधना केन्द्र घोराही-१७,गुलरियाको विशेष कार्यक्रम सम्पन्न

दाङ । पतन्जली योगसाधना केन्द्र घोराही उपमहानगरपालिका वडा नम्बर १७,गुलरियाको विशेष कार्यक्रम शुक्रबार आज सम्पन्न भएको छ । साधना केन्द्रका अध्यक्ष कमलमणि पोख्रेलको अध्यक्षता तथा पतन्जली योग समिति लुम्बिनी प्रदेशका सदस्य उदय बहादुर डाँगीको प्रमुख आतिथ्यता र दाङ जिल्लाका बरिस्ठ उपाध्यक्ष केतनारायण आचार्यको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्तहरुले हरेक मानिसको जीवनमा […]

प्रधानमन्त्री कार्कीलाई जेनजीहरुले बुझाए,सम्झौताको मस्यौदा

काठमाण्डौँ । जेनजी मुभमेन्ट अलायन्स,काउन्सिल अफ जेनजी र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत जेनजी आन्दोलनको प्रस्तावित सम्झौतापत्र बुझाएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर जेनजी समूहहरुले बुझाएको सम्झौतापत्रको मस्यौदामा कुशासन, भ्रष्टाचार,दण्डहीनता र सार्वजनिक संस्थानमा व्याप्त अव्यवस्थाका कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने उल्लेख छ […]

राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४,मौरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय मौरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन […]

गढवामा राप्रपाको अधिवेशन सम्पन्न,नयाँ १८ सदस्यीय कार्यसमिति चयन

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ अन्तर्गत गढवा गाउँपालिकाको अधिवेशन शुक्रबार आज सम्पन्न भएको छ । अधिवेशनले तुला बहादुर सिंहको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा असर्फीलाल यादव,बुद्धि कुमारी सुनार र अब्दुल हलिम चयन भएका छन् । त्यस्तै सचिवमा जागेश्वर रिजाल, सहसचिवमा मन्जिता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी रहने […]

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलनको म्याद पाँच दिन थप्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ५ दिन म्याद थप्ने तयारी गरेको छ । आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो । त्यस्तै नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको आयोग स्रोतको भनाइ छ। यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन […]

राप्ती गाउँपालिकाको ऐतिहासिक जोरपोखरी गढीमा शिलालेख अनावरण

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –९,मा अवस्थित ऐतिहासिक जोरपोखरी गढीमा शुक्रबार एक कार्यक्रमका बीच शिलालेख अनावरण गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र ज्वालादल गण घाेराहीका गणपति कर्नेल सन्तोष थापाले संयुक्त रुपमा गढीको इतिहास उल्लेख गरिएको शिलालेख अनावरण गरेका हुन् । प्राचीन समयमा “काला राजाले” निर्माण गरेको मानिने उक्त गढीको संरक्षण […]

रास्वपा नेता सन्तोष परियारले पार्टी छाडे,छुट्टै अभियान सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् । त्यस्तै निरन्तर पार्टीमा विचारको […]

लुम्बिनी प्रदेशका प्रमुख घर्तीमगरद्वारा सातौं अधिवेशन आह्वान

दाङ । लुम्बिनी प्रदेश सरकारका प्रमुख कृष्ण बहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गरेका छन् । प्रदेश मन्त्रिपरिषदको कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीमगरले संविधान अनुसार अधिवेशन आह्वान गरेका हुन् । त्यस्तै नेपालको संविधानको धारा १८३ को उपधारा […]

सुन तोलामा ५ सय घट्यो

काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार आज जम्मा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज […]

दाङमा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गरि लुटपाट र चोरी गर्ने पक्राउ

दाङ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]