गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्वारा दुई दिने तालिम

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो । गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी […]

नयाँ दिल्लीमा नेपाल र भारत बीचको सीमा सुरक्षा ‘समन्वय बैठक’ सुरु

काठमाडौँ । नेपाल र भारत बीच ‘सीमा सुरक्षा समन्वय बैठक’ नयाँ दिल्लीमा सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । त्यस्तै बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन् । भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन् । सशस्त्र सीमा बल (एसएसबी) भारतले […]

गढवा गापाद्वारा जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितलाई पाँच लाख सहयोग गरिने

दाङ । देउखुरीको गढवा गाउँपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग […]

भुकम्प पीडितका लागि घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग

दाङ । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय […]

माओवादी केन्द्रले विवादित टिकटकर शान्ति बराललाई कारबाही गर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । त्यस्तै […]

नगरको विकासमा सहकारीको भुमिका महत्त्वपूर्ण छ : उपप्रमुख योगी

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले समग्र नगरपालिकाको विकासका लागि सहकारीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ । लमही नगरपालिका -७ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा बोल्दै नगर उपप्रमुख योगीले भन्नू भयो “किसानका पक्षमा यो सहकारीले अत्यन्तै राम्रो गरेको छ, यो सहकारीमा जोडिएका महिला दिदीबहिनीहरुको […]

भुकम्प पीडितका लागि नेकपा एमाले दाङद्वारा ५० रुपैया अभियान सुरु

दाङ । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि राहत स्वरुप ५० रुपैया अभियान सुरु गरेको छ । एमाले दाङका उपाध्यक्ष राममणी पान्डेको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलको प्रमुख आतिथ्यमा सोमबार घोराहीमा बसेको जिल्ला कमिटीको विशेष बैठकले अभियान सन्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै भुकम्प […]

भुकम्प पीडितका लागि देउखुरी उबासंघद्वारा ५० हजार नगर प्रमुख चौधरीलाई हस्तान्तरण

दाङ । देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ । उबा संघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार आज नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह […]

संघीयता सफल पार्न स्वास्थ्य क्षेत्रकाे भूमिका महत्वपूर्ण छ: कार्यबहाक मुख्यमन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा अर्थमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताकाे सफलतासंग जाेडिएकाे विषय भएकाे बताएका छन् । आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमकाे प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिने बताए ।`स्वास्थ्यकर्मीले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे […]

जाजरको केन्द्र बिन्दु बनाएर फेरि ५.८ रेक्टर स्केलको परकम्प गयो

काठमाडौं । जाजरको केन्द्र बिन्दु बनाएर फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । त्यस्तै शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]