
Asb
Lnp
Jns
Ggp
Rgp
Sgp
Rgp
ksb
Pbu
Dus
Ggp
Rgp
lnp
Dbs
Lks
Usb
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिका–३,स्थित घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको १९औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल वन अधिकृत जीवन पङगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभा कार्यक्रममा प्रमुख अतिथि पङगेनीले सामुदायिक वनहरु नेपालको वन व्यवस्थापनको मेरुदण्ड भएको उल्लेख गरेका छन् ।
“राज्यको नीति र निकायसँग समन्वयमा वनको संरक्षण र उपयोग गर्नु हाम्रो सामूहिक दायित्व हो। साधारण सभा भनेको समूहको आत्म–मूल्यांकन र निर्णयको महत्वपूर्ण घडी हो । राज्य सञ्चालनका लागि कर तिर्ने संस्कृतिको विकास पनि त्यत्तिकै जरुरी छ,”उनले जोड दिए ।
कार्यक्रममा राप्ती सव-डिभिजन कार्यालयका प्रमुख राजेन्द्र तिमिल्सिना,सव-डिभिजनका फरेस्टर दामोदर डाँगी,सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला दाङका अध्यक्ष हरिप्रसाद भुसाल,श्रीचौर खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष तुला गिरी,समूहका पूर्व अध्यक्ष किरण भण्डारी लगायतका वक्ताहरुले सामुदायिक वन व्यवस्थापनमा देखिएका समस्या,आगामी वर्षका योजना र दिगो वन संरक्षणमा स्थानीय तहको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
त्यस्तै उक्त कार्यक्रमको अवसरमा वन क्षेत्रमा कुनै क्षति नपुर्याई गाईचरण गरी पशुपालनमा संलग्न तीन जना उत्कृष्ट उपभोक्ताहरुलाई समूहले सम्मान सरुप खादा तथा छाता प्रदान गरेको थियो ।कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि,उपभोक्ता सदस्य र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
समूहका उपाध्यक्ष टेकबहादुर गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव सुधाकुमारी शाहीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भानबहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मानबहादुर घर्तीले गरेका थिए ।
