
Asb
Lks
Rgp
Ggp
lnp
Jns
Rgp
Pbu
Lnp
Dbs
Dus
Usb
Rgp
Ggp
Sgp
Rgp
ksb


मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको घटना स्थलमै मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो । मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार ‘बस क्ष’तवि’क्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’भने १८ जना घाइते भएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसमा ३९ जना यात्रु सवार रहेका थिए । उनीहरुमध्ये अधिकांश मृत्यु भएको र बाँकि घाइतेको अस्पताल लैजाने काम भइरहेको उनले जानकारी दिए । भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले संचार कर्मीलाई भने,‘३६ सिटको गाडीमा ३९ जना रहेको थियो । त्यति धेरै ओभरलोड पनि देखिएन । स्थानीय प्रहरी पुगिसकेको छ । मंगलबार दिउँसो सो दुर्घटना भएको हो भने घाइतेहरुको उद्दार हेलिकप्टरबाट गरिएको थियो ।नेपाल समाचारबाट
