
Ggp
Ksbus
Asbus
Ggp
Ksbus
Msbus
Lnp
Rgp
Sdc

दाङ । लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माण कार्यलाई तलमाथी पार्न सक्ने खतरा बढेको बताएका छन् । नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर १ र छिमेकी जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ८ र ९ वडा संगठन कमिटीले बुधवार पुरानो भालुवाङमा आयोजना गरेको दसैं तिहार मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
राजधानी क्षेत्रको गुरुयोजनाले नै यस क्षेत्रको भाग्य र भविष्यको ज्ञारेन्टी गर्ने भएकाले गुरुयोजना निर्माणको लागि खबरदारी गर्न जरुरी छ । हाम्रो पालोमा प्रदश पूर्वाधार प्राधिकरणले काम अघि बढाएको थियो,तर अहिले त्यस कार्यालयको प्रमुख कार्यकारी अधिकृत फेर्ने काम भएको छ’उनले भने–‘राजधानी कार्यान्वयनको विषयमा गतिरोध आउन सक्ने सम्भावना छ । तपाईहरुले खबरदारी गर्न जरुरी छ ।’ नेकपा एमाले केन्द्र र प्रदेशमा सरकारमा नरहेको बेला पनि एमाले प्रतिको जनविश्वास नडगमगाएको बरु अझै जनतामाझ पार्टी र नेतृत्व लोकप्रिय भएको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय सांसद गंगा चौधरी सत्गौवा, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, एमालेका सचेत माननीय सांसद शान्त चौधरी, प्रदेश सभा सदस्य सरस्वती गौतम, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, जिल्ला अध्यक्ष टिकाराम खड्का, सचिव मनोहर बुढाथोकी, क्षेत्र नम्बर १ का इञ्चार्ज नारायण डिसी छम्पाली, भिम केसी, बसन्त जिसी, टोपबहादुर झाक्री लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागत प्रकाश जवराले गरेका थिए । साथै कार्यक्रममा विभिन्न पार्टी परित्यागगरि एक सय बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
