
Anm
Gisld
mbd
Pbu
Sds
Rbs
Ksm
Mbdvs
Gmk

Rgu
Ssm
Hal
Gst
Rsb
nsb
Bbbpu
Pvg
Ksm
Bbu
Ggd
Tsm
Rgs
Rgu
Wsp
Vor
Sbs
Asm
Sls

Jmb
sab
Mks
Abd
bbt
Gsb
Rpp
Bml
Rmb
Syp
Pls
Ptm
Jmb
दाङ । बिकासका दृष्टिले पछि परेको साँस्कृतिक, ऐतिहासीक र पुरातात्विक महत्व बोकेको देउखुरी गढवाको कन्दरा मन्दिरले अब बिकासको संभावना बोकेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभएको छ ।
बुधवार कन्दरा मन्दिर संरक्षण समितिले आयोजना गरेको स्थायी दुर्गा मुर्ति प्रतिस्थापन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष यादवले साँस्कृतिक धरोहर कन्दराको बिकासमा अब स्थानीय सरकारले चाँसो दिने बताउनुभएको हो ।
अब कन्दरा गढवा गाउँपालिकाकै एक पर्यटकिय स्थलको रुपमा बिकास गर्नुपर्छ । जसका लागि गाउँपालिकाको तर्फबाट जिर्णेदार मन्दिर निर्माण गर्न, रंगरोगन तथा पुजारी बस्ने घर ब्यवस्थापन गर्न १० लाख रुपियाँ बिनियोजन गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कन्दरामा आउने बाटो बनाउने र तत्काल बिद्युत्तको समस्या समाधान गर्न सोलार प्यानल लगाउन पहल गर्ने उहाँले बताउनुभयो । कुनैपनि स्थानको पहिलो बिकास बाटो हो । बाटो बनाउनका लागि गाउँपालिकाले यसैबर्ष पहल गर्ने छ–अध्यक्ष यादवले भन्नुभयो ऐतिहासीक, पुरातात्विक,धार्मीक तथा साँस्कृतिक महत्व बोकेको यस क्षेत्रको उन्नयन र बिकासका लागि स्थानीय बासिन्दा, संरक्षण समिति र सरकारका अंगहरुको ध्यान केन्द्रित हुनुपर्ने संरक्षण समितिका सल्लाहकार जगतराम यादवको भनाई छ ।
पानी,बिद्युत्त र बाटो अहिलेको मुख्य समस्या हो,यत्ति भयोभने यसको बिकास संभव छ । स्थानीय सरकारले केहि काम सुरुवात गरेको छ । थप बिकासमा ध्यान जाओस–कार्यक्रमका सहभागी सल्लाहकार हरि पोखे्रलले भन्नुभयो । त्यसो त स्थानीय सरकारले गाउँपालिकाभरका धार्मिक तथा पर्यटकिय स्थलहरुको बिकासका लागि बिषयबिज्ञ अध्ययन र अनुसन्धानको टोली बनाएर पुरातात्विक महत्वका धार्मिक साँस्कृतिक स्थलहरुको गहिरो अधययन गर्न कार्यक्रमका सहभागिहरुको आग्रह रहेको थियो ।
बुधवार स्थानीय नागरिकहरुद्धारा दिनभर राप्ती नदीको जल बोकेर कलश पदयात्रा सहित गढवाका सात मन्दिर र सात बढी गाउँहरुको परिक्रमा गरिएपछि बेलुका स्थायि रुपमा रहनेगरि दुर्गामाताको मुर्ति प्रतिस्थापन गरिएको हो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालद्धारा मुर्तिको अनाबरण गरिएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले कन्दराको बिकासमा स्थानीय सरकारबाट पुर्ण पहल हुने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो मन्दिरमा स्थापना गरिएको मुर्ति स्थानीय शिक्षक रामबहादुर यादवको १ लाख ११ हजारको लगानीमा भारतको अयोधयाबाट ल्याईएको कार्यक्रममा जानकारी गराइएको थियो ।
कन्दरा मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव सहित वडा अध्यक्ष हमाल, साहित्यकर्मि हरि पोखे्रल, मन्दिर संरक्षण समितिका सल्लहकारहरु रविलाल आचार्य, हिरालाल चौधरी,जगतराम यादव,दिपक कुमार यादव,गढवा उद्योग बाणिज्य संघका संस्थापक अधयक्ष युवराज पोखे्रल र मुस्लीम नेता हबिबुल्ला गुजर लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा रेडक्रस गढवाका सभापति समेत रहनुभएका संरक्षण समितिका सल्लाहकार दिपक कुमार यादवले कन्दरादेवि मन्दिीर र यसको ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।


