दाङ । दाङको देउखुरी सिसहनियाँमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज विहान ३:३५ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दोलाई खोला नजिक बस दुर्घट्ना भएको हो ।
विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ९ जना यात्रु घाइते भएका छन् भने ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलमका छोरा नानु आलमको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
अन्य घाइते सवैको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार रहेका थिए । बस अनियन्त्रित भएर दुर्घट्ना भएको जनाइएको छ । बसका चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।