
Gis
Ggp
Sds
cjs
Rmb
Rgp
Pbu
Srbpu
Unsku
Lnp
Sgr
Djs
sbs
Cps
Gfs
Rgp1
pku
Rgp
Pes

Ksm
Rgu
Hal
Sbs
Bbu
Rgs
Ggd
Gst
Pvg
Rgu
Wsp
Vor
Tsm
Sls
Bbbpu
Rsb
nsb
Asm
Ssm

sab
Abd
Jmb
Bml
Rpp
Jmb
Syp
bbt
Gsb
Rmb
Mks
Pls
Ptm
दाङ । लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरले स्थानीय महिलाहरूमा सकारात्मक प्रभाव पार्न थालेको छ ।
लमही नगरपालिका २ स्थित सोनपुर स्वास्थ्य चौकीमा जारी यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । शिविरमार्फत महिलाहरुले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरुको समयमै पहिचान, परामर्श तथा उपचार सेवा पाइरहेका छन् ।
सामान्यतया लाज,डर वा पर्याप्त जानकारीको अभावका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने महिलाहरूका लागि यस्तो कार्यक्रम निकै प्रभावकारी बनेको स्थानीय सुकमतिदेवी चौधरीले बताए । “यसले मलगायत अन्य गृहिणी महिलाहरुमा आफ्नै स्वास्थ्यप्रति सजग बन्ने बानीको विकास गराएको छ,” उनले भने ।
स्थानीय तहमै विशेषज्ञ सेवा उपलब्ध हुँदा महिलाहरुको स्वास्थ्य जाँच गराउने दर उल्लेखनीय रुपमा बढेको छ । साथै रोगको प्रारम्भिक अवस्थामै पहिचान र उपचार सम्भव भएकाले दीर्घकालीन जटिलता कम गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माका अनुसार यसअघि लमही नगरपालिका ८ स्थित सतबरिया स्वास्थ्य चौकीमा सम्पन्न यस्तै शिविरमा ३ सय २७ महिला र ५४ जना बालबालिका गरी कुल ३ सय ८१ जनाले सेवा लिएका थिए । उक्त तथ्यांकले समुदायमा यस्ता कार्यक्रमप्रति आकर्षण र आवश्यकता दुवै रहेको स्पष्ट पार्दछ ।
यसैबीच लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले महिलाहरुलाई समयमै स्वास्थ्य जाँच गराउन विशेष आग्रह गरेका छन् । उनले प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या लुकाएर वा बेवास्ता गरेर बस्दा भविष्यमा जटिल रोग निम्तिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक रहेको बताए । “रोग लागेपछि मात्रै अस्पताल धाउने होइन, रोग लाग्न नदिन र सुरुवाती अवस्थामै पत्ता लगाउन नियमित जाँच गराउनु जरुरी छ,” उनले भने ।
नगर प्रमुख चौधरीले यस्ता शिविरहरुमा निःशुल्क तथा विशेषज्ञ सेवा उपलब्ध भइरहेकाले सबैले यसको अधिकतम लाभ लिन आग्रह गर्दै स्वास्थ्यप्रति सजग रहन र आवश्यक परेमा ढिला नगरी उपचार गर्न सबैलाई अनुरोध गरे । आगामी दिनमा पनि नगरपालिकाले यस्ता स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । यस्ता स्वास्थ्य शिविरहरुले महिलाहरुमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । स्थानीय महिलाहरुको सक्रिय सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी र उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।
