Sidha Patra आइतबार, पुष २५, २०७८

दाङ । दाङको देउखुरीमा स्कार्पियो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका थिए । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही- भालुवाङ सडक खण्डको लमही नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बगैसोता खोलाको पुलमा ठोक्किएर दुर्घटना ६ जना यात्रु घाइते भएका हुन् ।

स्कार्पियो दुर्घटनामा परि गम्भीर घाइते भएकी लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी २० वर्षिया सृजना सुनारको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

त्यस्तै उनिहरु गएको बिहीबार विहान २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको लु ३ च ८८० नम्बरको स्कार्पियो पुलमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका अन्दाजी २८ का प्रदीप चौधरी,वडा नम्बर ५ कोलही बस्ने अन्दाजी २५/३० वर्षिय बिनोद चौधरी, वडा नम्बर ५ रातो डाँडा बस्ने वर्ष १८ कि आकृती पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सृजना सुनार, लमही बजार निवासी वर्ष ३७ का भानु गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]