आज बिहान संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु ५ घाइते

संखुवासभा । आज बिहानै बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएको छ। बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ र उद्दारकाे लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा सहित स्थानीयहरु खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हो । त्यस्तै संखुवासभाबाट झापाकाे दमककाे लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान रेसम फिलिली […]

नेपालमा वर्षेनि ८२ जनाको चट्याङ लागेर मृत्यु

काठमाडौं । नेपालमा औसतमा वर्षेनी ८२ जना मानिसको चट्याङ लागेर मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ । गत एक वर्ष हावाहुरीका ५५ वटा घटनामा ३ जनाको मृत्यु भएको थियो भने १ करोड बराबरको आर्थिक क्षति भएको थियो । यस्तै गत एक वर्षमा २ सय ९ वटा चट्याङका घटनामा ५५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम […]

मुस्लिम आयोगद्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

कपिलवस्तु । मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् । उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय […]

हरितपार्क निर्माण कार्यमा सहयोग गर्ने खगेन्द्रका बुवा ८४ वर्षीय भद्र सिं लगायतलाई सम्मान

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा स्थित कुलपानी हरितपार्क निर्माण कार्यमा सहयोग गर्ने सहयोगि दाताहरुलाई बुधबार एक कार्यक्रमका बीचमा भव्य सम्मान तथा अभिनन्दन गरिएको छ । जयन्ती निर्माण सेवा प्रालिका संचालक खगेन्द्र बुढा मगरका बुवा भद्र सिं बुढा मगरको ८४ औं जन्म उत्सबको अवसर पारी आयोजना गरिएको सो कार्यक्रममा बुवा-आमाको नाउँमा पार्क […]

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा गरे प्रवेश

मोरङ । रंगेली नगरपालिकाका माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी […]

स्वर्गीय जिसीको पार्थिव शरीरमा काङ्ग्रेसद्वारा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

दाङ । सडक दुर्घटनामा निधन भएका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी नेपाली कांग्रेसका जिल्ला सदस्य नरेन्द्र जिसीको पार्थिक शरीरमा नेपाली कांग्रेसले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीले बुधबार राप्ती नदीघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो। श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य लालमोहम्मद मियाँ, पुर्व महाधिवेशन प्रतिनिधि […]

कृष्णनगरमा गफ भयो विकास भएन:जसपा लुम्बिनी प्रदेशका अध्यक्ष यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी,नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले कृष्णनगरमा अझैसम्म नेताले गफ मात्र गरेको तर विकास नगरेको बताउनु भएको छ । प्रदेश अध्यक्ष यादवले कृष्णनगरमा विगत लामो समयदेखि नेतृत्वले विकासको काम नगरेको आरोप लगाउनु भयो । जिल्लाको कृष्णनगरमा आयोजित जसपा नेपालको विकास स्थानिय तह निर्वाचन लक्षित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा उहाले […]

दाङको दलजितपुरमा अस्थायी प्रहरी चाैकी स्थापना

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले घाेराही उपमहानगरपालिका वडा नम्बर ५ दलजितपुरमा अस्थायी प्रहरी चाैकी स्थापना गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहालकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरि साे चाैकीकाे आज उदघाटन गरिएको हाे । स्थानीय बासीकाे माग बमाेजिम वडा कार्यालयकाे सिफारिसमा जिल्ला सुरक्षा समितिकाे निर्णय बमाेजिम दलजितपुरमा अस्थायी […]

सिमेन्ट उद्योगले सहमति कार्यान्वयन नगरेको हुँदा बंगलाचुली गाउँपालिकाद्वारा चुनढुंगा खानी बन्द

दाङ । तीन वटा सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमती सहमति कार्यान्वयन नगरेको भन्दै दाङको बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको छ । चुनढुंगा उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्ने करिब ४ सय टिप्पर काम नपाएर ग्यारेजमै थन्किएको सिमेन्ट उद्योगहरुले जनाएका छन् । बंगलाचुली गाउँपालिकामा रहेका आ-आफ्ना खानीबाट चुनढुंगा […]

बाल संरक्षण कृष्णनगरको प्राथमिकता

कपिलवस्तु । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा,मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]