Sidha Patra बुधबार, फाल्गुण २५, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले घाेराही उपमहानगरपालिका वडा नम्बर ५ दलजितपुरमा अस्थायी प्रहरी चाैकी स्थापना गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहालकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरि साे चाैकीकाे आज उदघाटन गरिएको हाे ।

स्थानीय बासीकाे माग बमाेजिम वडा कार्यालयकाे सिफारिसमा जिल्ला सुरक्षा समितिकाे निर्णय बमाेजिम दलजितपुरमा अस्थायी प्रहरी चाैकीकाे प्रमुख जिल्ला अधिकारी रेग्मी, प्रहरी उपरीक्षक सुरेश काफ्ले, वडा अध्यक्ष दाहाल, स्थानीय राजनीतिक दलका प्रतिनिधिकाे विशेष उपस्थितिमा अस्थायी प्रहरी चाैकी उद्घाटन गरिएको हाे ।

प्रहरी सहायक निरिक्षक टेकबहादुर रावलकाे नेतृत्वमा ६ जनाकाे प्रहरी टाेली खटिने भएको छ । अस्थायी प्रहरी चाैकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँकाे शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् । वडा सदस्य तुलसी कुमारी खड्काकाे स्वागत मन्तव्यबाट शुरुभएकाे कार्यक्रमकाे सहजीकरण वडा सचिव बलदेव बस्नेतले गर्नुभएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]