Sidha Patra बिहिबार, फाल्गुण २६, २०७८

काठमाडौं । नेपालमा औसतमा वर्षेनी ८२ जना मानिसको चट्याङ लागेर मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ । गत एक वर्ष हावाहुरीका ५५ वटा घटनामा ३ जनाको मृत्यु भएको थियो भने १ करोड बराबरको आर्थिक क्षति भएको थियो ।

यस्तै गत एक वर्षमा २ सय ९ वटा चट्याङका घटनामा ५५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

हावाहुरी र चट्याङको मौसम सुरु हुनै लाग्दा, प्राधिकरणले जोखिम न्युनीकरणका लागि पुर्वतयारी गर्ने तयारी गरिरहेको प्रवक्ता डाक्टर डिजन भट्राईले जानकारी दिनुभयो ।

चट्याङ विज्ञ श्रीराम शर्माले चट्याङ परेको बेला, धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम गर्न नहुने बताउनुभयो । त्यसैगरि अग्लो भवन, अग्ला रुख, बिजुलीका खम्बा र यस्तै जोखिमपूर्ण क्षेत्र वरीपरि पनि नबस्न उहाँको सुझाव छ ।

हावाहुरीको समयमा पनि सकेसम्म घर भित्रै बस्न विज्ञहरूको सुझाव छ । हावाहुरी र चट्याङबारेको पूर्व सूचनाले यसको जोखिम न्युनीकरण गर्न सकिने मौसम विज्ञहरूले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]