
Csb
Fmb
Gsb
Ssb
Ssb
Ppu
Tgp
Rks
Bsn
Nsb
Ksb
Ksb
Rsb
Ksb
Usb
jsb

Ssb
Hl1
Tsb
Usb
Gsb

ptl
Nps
Rgu
दाङ । तीन वटा सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमती सहमति कार्यान्वयन नगरेको भन्दै दाङको बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको छ ।
चुनढुंगा उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै त्यहाँबाट चुनढुंगा ओसार्ने करिब ४ सय टिप्पर काम नपाएर ग्यारेजमै थन्किएको सिमेन्ट उद्योगहरुले जनाएका छन् । बंगलाचुली गाउँपालिकामा रहेका आ-आफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही,अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने गरेका छन् । पालिकाले खानी बन्द गरेर चुनढुंगा ओसार्न रोक लगाएपछि कच्चा पदार्थ नभएर एक हप्तादेखि उद्योग नै बन्द भएको घोराही सिमेन्ट उद्योगले जनाएको छ ।
यस्तै,उद्योगले आफूहरुसँग गरेको सहमती पूरा नगर्दासम्म खानी सञ्चालन गर्नै नदिने निर्णय कार्यपालिका बैठकले गरेको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताउनुभयो ।
त्यस्तै चुनढुंगा खानी रहेको क्षेत्रदेखि घोराही सम्मको करिब ३० किलोमिटर सडक कालोपत्रे भएको एक महिना नहुँदै कालोपत्रे उप्किएर सडक धुलाम्य हुन थालेपछि पालिकाले खानी नै बन्द गरिदिएर टिप्पर संचालनमा रोक लगाएको हो ।
