योगमय बन्दै देउखुरीको गढवा

दाङ । जिल्लाका घोराही,तुलसीपुर,नारायणपुर र लमहीमा योग शिविरहरु सञ्चालनले नियमितता पाउँदै गर्दा यत्तिवेला देउखुरीको गढवा र गाउँ बस्तिहरुमा समेत योग प्रतिको आकर्षण बढ्न थालेको पाईएको छ ।मानव जगतको शारीरिक स्वस्थताका लागि योग ध्यान र प्रणायाम निकै महत्वपुर्ण र जरुरी आवश्यकता रहेको सन्देशले गाउँ बस्तिहरुपनि योगमय बन्न थालेको पतञ्जली योग समिति दाङले जनाएको छ । गढवा […]

कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्रीलाई भेटे,जग्गा र क्षतिपूर्ति दिलाउने विश्वास व्यक्त

कञ्चनपुर । कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्। आइतबार परराष्ट्र मन्त्री एनपि साउद,एमाले सांसद तारालामा तामाङ,माओवादी प्रदेश सभा सदस्य ओम बिक्रम भाट लगायतको सहभागीता रहेको थियो ।आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका थिए । छलफलपछि प्रधानमन्त्रीले […]

विभिन्न महत्वपूर्ण निर्णय गर्दैै अखिल (क्रान्तिकारी) देउखुरीको प्रथमपूर्ण बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) देउखुरी जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक आइतबार देउखुरी बहुमुखी क्याम्पस लमही देउखुरी दाङमा महत्वपूर्ण निर्णहरु गर्दैै सम्पन्न भएकोे हो । बैठकबाट संगठन सुदृढ तथा सबै क्याम्पसहरुमा संगठन विस्तार गर्ने, शिक्षा क्षेत्रमा भएकोे शैक्षिक विकृति विसंगति र शैक्षिक माफियाको विरुद्धमा संघर्ष गरिने […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी […]

सरकारलाई श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्का सहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएपनि श्रमजीवी पत्रकारले […]

लमहीमा घरधनी र व्यवसायी बीच अन्तरक्रिया सम्पन्न

दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले घर भाडाका बारेमा घरधनी र व्यवसायी बीच अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा उपस्थित व्यवसायीले घरधनी र व्यवसायीविच घरभाडाको विषयमा स्थानीय सरकारले चासो लिएर छलफलका माध्यमबाट समस्या हल गर्दिनु पर्ने बताएका छन् । लमही नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले व्यवसायी धरासायी हुँदै गएको बेला वाणिज्य […]

नेपालगन्जमा प्रेम प्रस्ताव अस्वीकार गर्दा युवकद्वारा युवतीको हत्या,प्रहरीको खोजी कार्य जारी

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी परेको छ। कोहलपुर ६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर-८ कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनको बीभत्स हत्या भएको दाबी जाहेरीमा गरिएको छ । चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो । सुमद रानीका भाइ निरेनले जाहेरी दर्ता गरेका हुन्। वैशाख […]

रुकुमको एक जंगलमा बेवारिसे अबस्था राखिएको ८ नाल भरुवा बन्दुक प्रहरीद्वारा बरामद

रुकुम पश्चिम् । रुकुम पश्चिममा नेपाल प्रहरीद्वारा ८ नाल भरुवा बन्दुक जंगलमा बेवारिसे राखिएको अबस्थामा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) देखि २० किलोमीटर दक्षिण पुर्वमा अवस्थित जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ८ ओखर धारा भिर सामुदायिक वन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सुचनाको आधारमा उक्त स्थान पुगेर […]

दुवै खुट्टा गुमाएका पुर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढा मगर सगरमाथाको चुचुरोमा पुगे

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढा मगरले यहीँ जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढा मगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व […]

गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीलाई दीक्षान्त समारोह २०८० सम्पन्न

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीहरु दीक्षित भएका छन् । २०८० सालको १२ कक्षाको परीक्षामा सम्मीलित भएका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो । विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयको पहिलो ब्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]