
Msbus
Lnp
Asbus
Rgp
Ksbus
Sdc
Ggp
Ksbus
Ggp


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीहरु दीक्षित भएका छन् ।
२०८० सालको १२ कक्षाको परीक्षामा सम्मीलित भएका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो । विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयको पहिलो ब्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु भयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो दीक्षान्त समारोहमा गुरुकुल एकेडमीमा कक्षा १२ का ८० जना विद्यार्थीहरु दीक्षित भएका हुन् ।
सो अवसरमा प्रमुख अतिथि लामिछानेले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राख्नु भएको थियो । त्यस्तै उहाँले गुरुकुलले प्रदान गर्ने शिक्षाद्वारा हरेक अभिभावकलाई आफ्ना बालबालिकाको पढाई र शिक्षा प्रति निकै सन्तुष्ट भएको बताउनु भयो ।
शिक्षा संस्कार र संस्कृति भन्ने मुल नारा र पुर्ण मानव श्रृजना गर्ने उदेश्यका साथ संचालनमा आएको गुरुकुल एकेडेमीले सुरुवाति वर्षदेखि नै राम्रो नतिजा हासिल गर्दै आएको भन्दै गुरुकुल एकेडेमी प्रति खुसि ब्यक्त गर्नु भयो । साथै कार्यक्रममा दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरुलाई आगामी शिक्षाको लागि शुभकामना ब्यक्त गर्दै एसईई पछि कक्षा ११को गन्तब्य पनि गुरुकुलनै बनाउन सके विद्यार्थीहरुको व्यक्तित्व विकाससंगै देशका विभिन्न ठुला शहरका कलेजहरुमा पाउने शिक्षा गुरुकुलमै पाउने सल्लाह पनि दिनु भयो ।
त्यस्तै दीक्षान्त कार्यक्रममा विद्यार्थीद्वय प्रकृति पोख्रल र रोशन शर्माले गुरुकुलमा अध्ययन गर्दाको अनुभव र त्यहाँ सिकेको विभिन्न अतिरीक्त कृयाकलापको बारेमा प्रस्ट पार्दै आफ्नो भनाई राख्नु भएको थियो । यस्तै अन्य विद्यार्थीहरुलाई पनि गुरुकुलमा अध्यन गर्न पनि सुझाउनु भयो । यसैगरी अभिभावक निकुञ्ज न्यौपाने र खड्क केसिले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीको जस्तो राम्रो वातावरण अन्य विद्यालयमा आफुले अनुभव नगरेको बताउनु भयो । गुरुकुलले अहिले जुन पद्धतिबाट शिक्षण सिकाई कृयाकलाप गरिरहेको छ त्यो एकदमै राम्रो भएको हुँदा आगामी दिनमा अझै सफलताको शुभकामना समेत दिनु भएको थियो ।
विद्यालयका प्रिन्सिपल डा.कृष्णराज डिसीले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक महाविर जिएम र वासुदेव खत्रीले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको दीक्षित कार्यक्रममा विद्यालय विज्ञान संयोजक अजय शाहले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक विद्यालयका व्यवस्थापन संयोजक कृष्णदेव थापाले गर्नुभएको थियो ।
