शिवराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, जेठ ०८, २०८०

दाङ । जिल्लाका घोराही,तुलसीपुर,नारायणपुर र लमहीमा योग शिविरहरु सञ्चालनले नियमितता पाउँदै गर्दा यत्तिवेला देउखुरीको गढवा र गाउँ बस्तिहरुमा समेत योग प्रतिको आकर्षण बढ्न थालेको पाईएको छ ।मानव जगतको शारीरिक स्वस्थताका लागि योग ध्यान र प्रणायाम निकै महत्वपुर्ण र जरुरी आवश्यकता रहेको सन्देशले गाउँ बस्तिहरुपनि योगमय बन्न थालेको पतञ्जली योग समिति दाङले जनाएको छ ।

गढवा उद्योग बाणिज्य संघको आयोजना र पतञ्जली योग समिति दाङ, महिला पतञ्जली योग समिति दाङ, युवा पतञ्जली योग समिति दाङ र पतञ्जली योग समिति लमहीको प्रबिधिक सहयोग तथा समन्वय सहकार्यमा गत बैशाख ३० गतेदेखि देउखुरीको गढवामा योग शिविर सञ्चालन गर्न थालीएको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनुभयो । निरन्तर रुपमा योग शिविर सञ्चालन गर्न स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्ने योजना बनाएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष बुढाले बताउनुभयो ।मानव स्वास्थ्यलाई ध्यान दिदै तनाव मुक्त र निरोगी बन्न योग जरुरी रहेको महिला पतञ्जली योग समिति दाङका अध्यक्ष (प्रभारी) साहाना श्रेष्ठले बताउनुभयो । दिनभरको ब्यस्त जिवनबाट उत्पन्न तनाव कम गर्न र शारीरिक स्फुर्ति बढाउन योग जरुरी रहेको र यसले मानव शरीरमा लाग्ने सयौं प्रकारका रोगहरु निवारण गर्ने र शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा अभिबृद्धि अर्थात् युम्युनिटी पावर बढाउने काम गर्छ–श्रेष्ठले भन्नुभयो ।

बिहान ४.३० देखि ६ बजे सम्म गरिने शारीरिक ब्यायाम,प्रणायाम र ध्यान नै योग हो । ब्यस्तताका कारण मानव मष्तिस्कमा आईपर्ने तनाव ब्यवस्थापन गर्न र स्वस्थ्य शरीर राख्न योग अभ्यास निकै उृपयोगी हुने भएकोले यो अभियानको सुरुवात गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले बताउनुभयो । गढवा बजार क्षेत्र र आुपासका गाउँहरुबाट योग सिक्न पचासौ जना सहभागि भै रहेको उहाँले बताउनु भयो । दिनभर आफ्नो पसलमा बसेर शरिर कुजीएका ब्यवसायीहरुलाई त दैनिक योग अभ्यास निकै उपयोगी रहने उहाँले बताउनुभयो ।

योग अभ्यासले मानसीक रुपमा सकारात्मक उर्जा ल्याउने, शारीरिक स्फूर्ति बढाउने, तनाव तथा थकान मुक्त गर्ने, बिभिन्न रोगहरु निको हुने र मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने काम गर्छ–पतञ्जली योग समिति दाङका प्रभारी साहाना श्रेष्ठले भन्नुभयो । दैनिक जिवनमा मानिसले प्रयोग गर्ने मिठा–मिठा खानपान र गलत खानपानले मानव शरीरमा बिभिन्न रोगहरु निम्त्याउने हुँदा नियमित योगा अर्थात् शारीरिक ब्यायाम, प्रणायाम र ध्यान गर्नाले रोगहरु लाग्नबाट बच्ने एक बलियो बिकल्प भएको अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो ।

गढवामा पनि पतञ्जली योग समिति गठनः

यसैबिच गढवामा नियमित योग शिविरलाई थप ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न पतञ्जली योग समिति गठन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सचिव राम नरेश यादवको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा जगेश्वर चौधरी महिला उपाध्यक्ष शिवा ओली, सचिव रोशन धिताल र कोषाध्यक्ष उमा पन्थी तथा सदस्यहरुमा अस्मिता सिंह ठकूरी, देविलाल दुधराज,सितल मानान्धर, बालीका घर्ति, सृजना भण्डारी, सिता पौडेल, देवि चौधरी, पुर्णिमा आचार्य, हनुमान चौधरी रहनु भएको छ ।

समितिको सल्लाहकारमा सकुन्तला डिसी, खिमबहादुर बुढा,ओभा पाठक,मधा न्यौपाने, शिबराज पन्थी र दुखहरण यादव रहनु भएको छ भने संरक्षकमा वडा अध्यक्ष बिर बहादुर आले र वडा सदस्य दिनमणि आचार्य रहनु भएको छ । समितिको पहलमा दैनिक योग शिविर सञ्चालन गरिने र आगामी आर्थीक बर्षमा स्थानीय सरकारसंग बजेट ब्यवस्थापन गर्न अनुरोध गरि यसलाई निरन्तरता दिने योजना बनाईएको समितिले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]