गोरखा-२ मा प्रलोपाबाट डा.बाबुराम भट्टराई बने उम्मेदवार

काठमाडौँ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट भट्टराई गोरखा- २ बाट उम्मेदवार बन्न लागेका हुन् । प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टका अनुसार अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो। त्यस्तै अगुवा […]

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुने मुख्य निर्वाचन अधिकृत लुइँटेलको चेतावनी

झापा । झापाका मुख्य निर्वाचन अधिकृत तथा जिदालत अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता कडाइसाथ पालना गर्न/गराउन निर्देशन दिएका छन्। त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिए। उनले भने, ‘यो नैतिक मात्र होइन, बाध्यकारी नियम हो। यो लिगल डकुमेन्ट हो। भोलि आचारसंहिता उल्लंघन भएको प्रमाणित भए उम्मेदवारी […]

सल्यानमा विभिन्न अभियोगद्वारा फरार १३ जना प्रतिवादी पक्राउ

सल्यान । सल्यानबाट गत पुष महिनामा विभिन्न अभियोगमा फरार रहेका १३ जना प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानमा लुकिछिपि बस्दै आइरहेका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरु सवारी ज्यान बैकिङ कसुर, बहुविवाह, हाडनाता करणी लगायतका मुद्दामा सल्यान जिल्ला अदालतले कैद तथा जरिवाना सजाय […]

रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता बालेन सहित नेताहरु जनकपुर पुगे

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँगै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार अपराह्न जनकपुर पुगेका छन् । जनकपुर पुगेका शाहले त्यहाँको जानकी मन्दिरमा पुगेर दर्शन गर्नेछन् । राति जनकपुरमै बस्ने लामिछाने र शाहले सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन् । मधेश आन्दोलनको क्रममा सहिद भएकाहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाइन्छ […]

शैक्षिक भ्रमण गएको बस धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु,१२ जना घाइते

काठमाडौं । जनकपुरदेखि धरानको भेडेटार शैक्षिक भ्रमण गएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो ।‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै प्रहरीका अनुसार दुर्घटनामा परी एक जना बच्चासहित ५ […]

बालेन शाहद्वारा रास्वपाको वरिष्ठ नेताको पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । त्यस्तै घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतले स्वागत गरे । पदभार ग्रहणलगत्तै उनी कार्यालयबाट निस्किएका छन् । […]

निर्वाचन आयोगद्वारा आचारसंहिता आज राती १२ बजेदेखि लागु हुदै

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुनका अनुसार आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी यहि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ । यसअघि […]

बालेनले राजीनामापछि काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि […]

राप्रपाले काठमाडौँका ६ निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ । राप्रपा स्रोतका अनुसार बाँकी चार क्षेत्रमा भने अझै छलफल भइरहेको छ। स्रोतका अनुसार क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा डा.सुरेन्द्र भण्डारी (वरिष्ठ अधिवक्ता), क्षेत्र नं. […]

काठमाडौं महानगरपालिका मेयर बालेन शाहद्वारा पदबाट राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन् । मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्। बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन् । उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]