
Bksbus5
Syees
Rbs
Jsbus
dsbus
gms
Nssbus7
Ddhbs
Ratbs
Csbus
Gsl
Ssbus
Amb
syysr
Pbu
Gsbus

Tsm
Ssm
Rgu
Bbu
Wsp
Gst
Sbs
Ggd
Rgs
Pvg
Asm
Bbbpu
Ksm
Vor
nsb
Rgu
Hal
Rsb
Sls

sab
Jmb
Ptm
Mks
Bml
Rmb
Gsb
Syp
Rpp
bbt
Jmb
Abd
Pls
काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् ।
त्यस्तै बीबीसीले अधिकारीहरुको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरु घाइते भएका समाचारमा उल्लेख गरेको छ । वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरु सवार रहेका बताएका छन् ।
यस्तै दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरुलाई आहोर–दोहोरमा हुँदै आएको थियो । विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
त्यस्तै विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरु विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ । कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले भनेका छन्,‘हरक्युलस सी–१३० ट्रान्सपोर्ट विमान प्युर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा दुःखद दुर्घटनामा परेको छ । जसमा हाम्रो सुरक्षा बलका टुकडीहरु सवार थिए ।’
यस्तै उनले पेरुको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । साञ्चेजलाई उद्धृत गर्दै बीबीसीले विमानमा आगो लागेका काराण विमानमा राखिएका गोला–बारुद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।
