कुल २७ अर्बमा निर्माण भएको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक रुपमा साेमबार उद्घाटन भएको छ । मार्गको एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ […]

काङ्ग्रेसद्वारा क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र नवीकरणका लागि साउन १४ गतेसम्मको समय तोकेको छ । पार्टी महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता अनुमोदन र अद्यावधिक गर्ने सम्बन्धमा नयाँ समयसीमा र प्रक्रिया निर्धारण गरेको हो । साेमबार ललितपुरको बी.पी. स्मृति भवनमा बसेको बैठकले वडा सभापतिलाई सदस्यता वितरण […]

बिज्ञापन बोर्डको स्वीकृतिबिनै विज्ञापन प्रसारण गरे कारबाही गर्ने

काठमाडौं । विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य,दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ । बोर्डले आज सोमबार जारी गरेको सूचनामा बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको पाइएको उल्लेख गरेको छ। साथै, केही विज्ञापनमा विज्ञापनकर्ताको नाम,ठेगाना, चेतावनीमूलक सन्देशलगायत […]

दङ्गाली कम्युनिस्ट आन्दोलनका धरोहर बस्नेतप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले बस्नेतले दाङको […]

कञ्चनपुरको एक घरभित्र लुकाइएको अवैध सिसमको काठ बरामद,एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा घरभित्र लुकाएर राखिएको अवैध सिसमको काठ प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा ३९ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । त्यस्तै,इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले शाहीको घरटहरामा लुकाइराखिएको अवस्थामा सिसम जातको चार थान गोलिया काठ, कुल १७.५५ क्युबिक […]

सुनसरीमा भएको हिंसात्मक घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

मोरङ । सुनसरीको देवानगञ्ज गाँउपालिका वडा नम्बर ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार राति गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले सोमबार करिब १२ बजे गम्भीर घाइते भएका ओम मेहताकोसमेत उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै,उपाध्यक्ष यादवकाअनुसार घटनामा गम्भीर […]

एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा दाङका वरिष्ठ कम्युनिष्ट नेता बस्नेतको निधन

दाङ । नेकपा एमालेका अग्रणी नेता तथा दाङ जिल्लाको कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको ८० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । बस्नेतले दाङमा कम्युनिष्ट आन्दोलन विस्तार तथा पार्टी संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । उनी नेकपा एमाले दाङका पूर्व जिल्ला अध्यक्ष तथा हाल पार्टीको केन्द्रीय सल्लाहकार […]

सुनसरीमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु,प्रहरी सहित १६ जना घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय […]

आज सुदूरपश्चिम,लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता महाशाखाद्वारा अनुरोध

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । त्यस्तै,यतिबेला देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन […]

नेपालबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गर्दै ‘भिडा’ का विद्युतीय दुईपांग्रे सार्वजनिक

काठमाडौं । हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड ‘भिडा’ ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ । कम्पनीले नेपालबाटै आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको जनाएको छ । नेपालमा भिडाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्समार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । कम्पनीले नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै ‘भिडा भिएक्स–२’ स्कुटर शृङ्खला […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]