लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकः८ मन्त्रालय कायम

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली,२०८३ स्वीकृत गरेको हो । यस अघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब […]

राप्तीमा जेष्ठ नागरिकलाई निःशुल्क उपचार,लक्षित वर्गलाई एम्बुलेन्स पनि निःशुल्क

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण,आवश्यक औषधि र आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ । राप्ती आधारभूत अस्पतालका मेडिकल […]

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व देशभर भव्य साथ मनाइँदै

काठमाडौं । आज श्रावण १३ गते बुधबार अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा । हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो । त्यस्तै,गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म […]

सरकारद्वारा ६ महिना तलबी प्रसूति बिदाको प्रस्ताव,ऐन संशोधनको तयारी

काठमाडौं । नेपाल सरकारले सुत्केरी महिलाले पाउने तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव अघि सारेको छ । त्यस्तै,हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउँदै आएका छन् । ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा दफा १३ को […]

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो काङ्ग्रेस,पाँच जना मन्त्रीको सामूहिक राजीनामा

दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका पाँच जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुको सामूहिक राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाउने मन्त्रीहरुमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज […]

राप्ती गापाद्वारा वार्षिक प्रगति समीक्षा,बजेट खर्च ७८.१४ प्रतिशत

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना, कार्यक्रम र सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ । मंगलबार गाउँपालिकामा सम्पन्न कार्यक्रममा आर्थिक वर्षभरको बजेट कार्यान्वयन, विकास निर्माण, सेवा प्रवाह तथा शाखागत उपलब्धिबारे समीक्षा गरिएको थियो । समीक्षाका क्रममा गाउँपालिकाले स्वीकृत कुल ६६ करोड ३५ लाख ८५ हजार ९ सय ४२ रुपैयाँ […]

नेपाली काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली काङ्ग्रेस पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेल स्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्व उपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने […]

डिभिजनल वन अधिकृत सुवेदी पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्डबाट सम्मानित

रुपन्देही । बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदी लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । वन क्षेत्रमा उत्कृष्ट पेशागत तथा व्यावसायिक योगदान पुर्‍याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल वन प्राविधिक संघ, लुम्बिनीले स्थापना गरेको अवार्ड पहिलोपटक सुवेदीलाई नगद ५० हजारसहित प्रदान गरिएको हो । वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, वन निर्देशनालयका महानिर्देशक […]

आज देशभरका अस्पतालहरुमा ओपिडी बन्द,आकस्मिक सेवामात्रै सञ्चालन

काठमाडौं । आज नेपाल चिकित्सक संघले देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ । मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो । योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द हुने भएको छ । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक […]

झापाको एक बोर्डिङ स्कुलको आवासीय भवन भित्र शिक्षिकाको शव फेला

झापा । यहाँको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको हो । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]