
Sdc
Amb


कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा घरभित्र लुकाएर राखिएको अवैध सिसमको काठ प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा ३९ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
त्यस्तै,इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले शाहीको घरटहरामा लुकाइराखिएको अवस्थामा सिसम जातको चार थान गोलिया काठ, कुल १७.५५ क्युबिक फिट,बरामद गरेको हो ।
यस्तै,बरामद गरिएको काठ र पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय पचकडिया परासन पठाइएको प्रहरीले जनाएको छ । दिनेशखबर
