Sidha Patra आइतबार, भाद्र १६, २०८१

काठमाडौं । सीआईबीले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरिएको प्रकरणमा संस्थाका उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष बविता डंगोल,सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल,सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाई बज्राचार्य रहेका छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध ठगीको कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौंको चुच्चेपाटीमा रहेको यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप रहेकोे छ । अहिलेसम्मको जाहेरीअनुसार १५ करोड ९१ लाख ४ हजार ७६३ रुपैयाँ अपचलन भएको खुलेको छ । यो सहकारीबाट कोही पीडित भए सम्पर्कमा आउन सीआईबीले अनुरोध समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]