
Ppu
Nsb
Gsb
Tgp
Csb
jsb
Ssb
Rsb
Ksb
Bsn
Fmb
Usb
Ssb
Ksb
Ksb
Rks

Hl1
Ssb
Gsb
Usb
Tsb

ptl
Rgu
Nps
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,देउपुर स्थित देउखुरी पब्लिक स्कुलले तीज विशेष कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
विद्यालयकी शिक्षिका सिमा पोख्रेल भुसालको अध्यक्षता तथा लमही नगर शिक्षा शाखाकी प्रतिनिधि अम्बिका शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले विद्यालयका विद्यार्थीहरु लगायत अभिभावकले आफ्नो गुनियो, चोली,साडी लगाएर आफ्नो भेषभूषालाई विषेश प्राथमिकता दिएरको पाउदा आफू अत्यन्तै खुशी भएको बताइन् । यस्तै उनले आजको युगमा हरेक बालबालिकालाई सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञानदिन आवश्यक रहेकोे र त्यो आफुले देउखुरी पब्लिक स्कुलमा पाएकोमा असाध्यै खुशी भएको समेत बताइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भु-माण्डप केसीले देउखुरी पब्लिक स्कुल अन्य विद्यालयको तुलनामा भन्दा फरक किसिमले संचालन भइरहेको बताएका छन् । आफ्नो स्कुलमा सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक ज्ञानलाई जोडेर एउटा छुट्टै नमूना विद्यालयको रुपमा संचालन गर्ने योजनाका साथ अघि बढेको बताए ।
त्यस्तै उनले सम्पूर्ण अभिभावकलाई देउखुरी पब्लिक स्कुलमा आफ्नो बालबच्चालाई निर्धक्क भएर पढाउन समेत आग्रह गरे । विद्यालयले प्रत्येक हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलापलाई समेत जोडेर शिक्षण सिकाइको पठनपाठनलाई अघि बढाइरहेको बताए । हामीले विद्यार्थीको मनोभावनालाई बुझेर भविष्यमा उ के बन्न चाहन्छ, त्यहीँ आधारमा शिक्षा प्रदान गर्ने वातावरण मिलाउने कार्यक्रम विद्यालयले गरेको केसीले बताए ।
कार्यक्रममा डान्स च्याम्पियन सिजन टुबाट टप ६ मा पुग्न सफल कक्षा ६ मा अध्ययनरत देउखुरी पब्लिक स्कुलकी रजिना चौधरी,कक्षा ६ मा अध्ययनरत रोजि माविकी सम्भावना बिके,कक्षा ५ मा अध्ययनरत सनलाईट माविकी खुशी विश्वकर्माले संयुक्त रुपमा आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले आफ्ना तीज सम्बन्धि प्रस्तुतिहरु राखेका थिए । उक्त कार्यक्रममा विभिन्न प्रतियोगिता कार्यक्रमबाट पहिलो,दोस्रो,तेस्रो तथा सान्त्वना भएका विद्यार्थीहरुलाई अबिर,दोसल्ला ओढाएर पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयका सम्पूर्ण विद्यार्थी,शिक्षक- शिक्षिका र महिला अभिभावकहरुको उपस्थितिमा सम्पन्न भएको’तीज विशेष कार्यक्रमको संचालन शिक्षक सन्दीप खनालले गरेका थिए ।


