
Lnp
ksb
Rgp
Lks
Ggp
Rgp
Dbs
Rgp
Rgp
Jns
Sgp
Usb
lnp
Asb
Dus
Pbu
Ggp
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष बिष्टले अहिलेका बालबालिकालाई शिक्षासँगसँगै संस्कार दिनु अत्यावश्यक रहेको बताए । […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीको पूर्वाधार विकासलाई लिएर बहस चर्किरहेका बेला पूर्व शहरी विकासमन्त्री मेटमणि चौधरीले यहाँ विमानस्थल निर्माण अपरिहार्य भइसकेको बताएका छन् । राजधानीको हैसियत,भौगोलिक उपयुक्तता र क्षेत्रीय पहुँचलाई आधार मान्दै उहाँले देउखुरीमा विमानस्थल निर्माण सम्भव मात्र नभई अब आवश्यकताको विषय भइसकेको दाबी गरेका हुन् । बिहीबार दाङको लमहीमा आयोजित […]
रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ । जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा,खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो । उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् […]
डोल्पा । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरु भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । त्यस्तै उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका मुकुन्द पौडेलले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको […]
सल्यान । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने सल्यानका क्रियाशील दलहरुले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानले बुधबार खलंगामा आयोजना गरेको निर्वाचन लक्षित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । त्यस्तै निर्वाचन आचारसंहिताको पुर्णरुपमा पालना गर्ने, समय तथा […]
पाल्पा । जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समावेश गरेको छ । प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् । त्यस्तै पाल्पामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको जनहित युवा क्लवमा नयाँ कार्यसमिति चयन गरिएको छ । केही वर्ष निष्क्रिय रहेको क्लवलाई पुन क्लवका संस्थापक अध्यक्ष दयाराम चाैधरीले पुन क्रियाशील बनाएका छन् । नव गठित कार्यसमितिको अध्यक्षमा विवेक चाैधरी,उपाध्यक्षमा सरोज चौधरी,सचिवमा सुवास चौधरी,कोषाध्यक्षमा सुन्दर चौधरी रहेका छन् । त्यसैगरि सदस्यहरुमा अश्विन चौधरी, सुवास […]
श्रवण कुमार यादव /दाङ । राजनीतिमा धेरै अनुहार देखिन्छन्, तर कमै मात्र यस्ता हुन्छन्,जो सत्ता होइन सत्यका लागि लड्छन् । भीड होइन विचार बोकेर हिँड्छन् । सुविधा होइन जोखिम रोज्छन् । दाङ–१ मा यतिबेला यस्तै एउटा नाम गम्भीर रुपमा चर्चामा छ,प्रकाश शाही। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १, दाङबाट नयाँ युवा अनुहारका रुपमा शाही […]
काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । त्यस्तै […]