
Ggp
Rgp
Rgp
ksb
Jns
Dus
Lnp
Asb
Lks
Rgp
lnp
Sgp
Rgp
Ggp
Usb

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको जनहित युवा क्लवमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
केही वर्ष निष्क्रिय रहेको क्लवलाई पुन क्लवका संस्थापक अध्यक्ष दयाराम चाैधरीले पुन क्रियाशील बनाएका छन् । नव गठित कार्यसमितिको अध्यक्षमा विवेक चाैधरी,उपाध्यक्षमा सरोज चौधरी,सचिवमा सुवास चौधरी,कोषाध्यक्षमा सुन्दर चौधरी रहेका छन् । त्यसैगरि सदस्यहरुमा अश्विन चौधरी, सुवास चौधरी,उर्मिला चौधरी,एन्जिला चौधरी र सुशील चौधरी रहेका छन् ।
वि.सं.२०३८/३९ सालमा स्थापित जनहित क्लब २०६४ सालमा जिल्ला प्रशासन कार्यालय दाङ र समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको हो । दर्ताको कार्य संस्थापक अध्यक्ष दयाराम चौधरीले गरेका थिए । सो क्लव १० वर्षसम्म निरन्तर रुपमा पूर्ण सक्रियताका साथ कम्लहरी उन्मूलन, बालविवाह विरुद्धको अभियान,सडक नाटक र सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको थियो । केही वर्ष निष्क्रिय रहेपनि हाल यसलाई नवीकरण गरी पुन क्रियाशील बनाइएको छ संस्थापक अध्यक्ष चाैधरीले बताएका हुन् ।
