
Unsku
Rgp
Lnp
Srbpu
Ggp
pku
Sgr
Pbu
Rgp1
दाङ । आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ देउखुरी उद्योग बाणिज्य संघ लमहीले ‘जाउँ है देउखुरी अभियान २०८१’ सञ्चालन गर्न थालेको छ । पर्यटकीय नगरी लमही सहित देउखुरीमा धेरै भन्दा धेरै संख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ बाणिज्य संघ यतिखेर विभिन्न ठाउँमा लमही महोत्सव भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । […]
काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका […]
काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको प्रहरीले जनाएको छ ।
दाङ । गढवा गाउँपालिकाको सहयोग तथा समन्वयमा गढवा पतञ्जली योग समितिको आयोजनामा मंगलवार गढवामा विविध कार्यक्रमका साथ दशौं राष्ट्रिय योग दिवस मनाइएको छ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तीकालागि योग भन्ने यसबर्षको नाराका साथ गढवा उद्योग बाणिज्य संघको भवनबाट सुरु भएको पञ्चैबाजा सहितको मार्चपासले गढवा बजार परिक्रमा गरि गढवा गाउँपालिकाको सभाहलमा कार्यक्रममा परिणत […]
काठमाडौँ । नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पदस्थापन गरिएको छ । नवनियुक्त एआईजीद्वय कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । त्यस्तै पुस २६ मा मन्त्रिपरिषद्ले उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । रातोपाटी
काठमाडौं । आज थारु तथा मगर समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व देशैभर धुमधामका साथ मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, […]
दाङ । माघी सुरु भएसंगै माघी पर्वको रौनक थारु वस्तिहरुमा बढ्न थालेको पाईएको छ । माघी पर्वलाई संस्कृति संरक्षणको अभियानका रुपमा मनाउनुपर्ने सोमवार गढवामका आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । थारु कल्याणकारीणी सभा गढवाको आयोजना र गढवा गाउँपालिका तथा दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोगमा सोमवार गढवामा आयोजित थारु संस्कृति ओ माघीमिलन कार्यक्रममा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार दोस्रो दिन पनि न्यायिक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । त्यस्तै प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको […]
दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन् । शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्बाचित भएका हुन् । अध्यक्षमा पौडेललले १ सय १९ को मतान्तरले बिजयी भएका छन् भने उनको प्रतिस्पर्धि बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरेका छन् । […]