
Asm
Ddh
sks
smb
jmb
gms
Rus
jms
Gsbus
Rg-9
Sys
Bpb
Ppu
Ssbus

Asm
cks
Gsb
Hl1
Tsb
Ln8
Gg1
Sbs
Dps
Usb
Ssb
Ln3
bmj
Ln2
Ln1
bml
Gg5
kbs
Rys
Ln7

Bpb
Jab
Gg4
Gg6
Gjl
Nps
Snk
Ksb
Sab
Rss
ptl
Jpb
Gg2
Sml
Sbs
Rgu
Gg3
दाङ । आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ देउखुरी उद्योग बाणिज्य संघ लमहीले ‘जाउँ है देउखुरी अभियान २०८१’ सञ्चालन गर्न थालेको छ ।
पर्यटकीय नगरी लमही सहित देउखुरीमा धेरै भन्दा धेरै संख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ बाणिज्य संघ यतिखेर विभिन्न ठाउँमा लमही महोत्सव भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । पर्यटनसँग समबन्धित सहकार्यमा अभियानलाई निरन्तरता दिँदै, बुधवार छिमेकी राष्ट्र भारतको बलरामपुर जिल्ला र तुलसिपुर नगर व्यापारी मण्डलका पदाधिकारीलाई बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले लमही महोत्सव भ्रमणका लागि उत्तरप्रदेश बलरामपुर जिल्ला उद्योग व्यापार मण्डलका माहामन्त्री दिलिप कुमार गुप्तालाई निम्तो दिएका हुन् ।
लमहीको खस्किएको व्यापार कसरी उठाउन सकिन्छ र देउखुरीमा पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ साथै राप्तीको प्रवेशद्धारा मानिने वर्षौँ पुरानो कोइलाबास नाकालाई नियमित रुपमा कसरी चलायमान गराउन सकिन्छ भन्ने विषयमा दुई देशका मडण्लका पदाधिकारी बचि छलफल भएको हो ।
महोत्सवमा उत्तरप्रदेश उद्योग व्यापार मण्डलका पदाधिकारीलाई सहभागी गराउन देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीको नेतृत्वमा निम्तो दिन टोली भारत पुगेको थियो ।
बाणिज्य संघका कोषाध्यक्ष हरि थापा, माहासचिव ईश्वर श्रेष्ठ, सचिव गणेश घिमिरे, सल्लाहाकार अनिल मन्त्री, सदस्य अकल अली, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल र स्थानिय व्यापारी डिल्ली राज खनाल, प्रेस संयोजक शिवु खनाल र भारतीय व्यापार मडण्लका सम्पूर्ण पदाधिकारीहरुको संयुक्त सहभागी रहेको थियो ।
देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा माघ १० गतेदेखि २७ गतेसम्म सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ लमहीको ग्रीनपार्कमा संचालन हुदैँ छ । महोत्सवको तयारी तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।
