सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख सोमबार, पुष २९, २०८१

दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर खटिने नेपाल प्रहरी ट्राफिक प्रहरी टोलीले पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दह र लमही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार मन्दिर मेलामा माघे सन्क्रान्तीको दिनमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुमा र राजमार्ग सडकहरुमा समेत चौबिसै घन्टा मोबाइल गस्ती समेत परिचालन गर्ने डिएसपी थापाले बताए ।

नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगायतको नेतृत्वमा सयौं जनाको प्रहरी टोलि समेत परिचालन गरिएको छ । घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गते देखि नै विशेष टोलि परिचालन गर्ने दाङ प्रहरीले जनाएको छ ।

त्यस्तै चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरीले बताएको छ ।        जिल्लाभर साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । माघी चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलापहरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत निगरानी र छड्के मापसे चेकिङ्ग बेथर लाइजर सहित दाङ जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीले सयुक्त कार्वाही गर्ने दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]