
Mbdvs
Pbu
Gisld
Sds
mbd
Rbs

Sbs
Tsm
Rgu
Sls
Ggd
nsb
Wsp
Hal
Bbbpu
Bbu
Pvg
Vor
Gst
Rgs
Rgu
Rsb
Ssm
Ksm
Asm

Jmb
Ptm
Abd
Jmb
Bml
Syp
Rpp
sab
Rmb
Gsb
Pls
Mks
bbt
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यक्रम रहेको छ । त्यस्तै स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ तथा ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत चैत २२ गतेबाट प्रदेश सभा बैठक नियमित बसिरहेको छ ।
